भिल्लारियलमाथि बार्सिलोनाको रोमाञ्चक जित

उज्यालो प्रतिनिधि ११ भाद्र २०८०, सोमबार खेल

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगामा भिल्लारियाललाई ४–३ गोल अन्तरले पराजित गरेको छ ।

आइतबार राति भिल्लारियलको घरेलु मैदान इआई मड्रिलमा भएको खेलमा गोलको बर्षा भएको थियो।
१५ मिनेटभित्रै दुई गोलको अग्रता बनाएको बार्सिलोनोनाले त्यसपछि लगातार तीन गोल बेहोरेको थियो । ५० मिनेटसम्म ३-२ ले पछि रहेको बार्सिलोनाका लागि फेरान टोरेसले ६८ औं मिनेटमा र लेवान्डोस्कीले त्यसको तीन मिनेटपछि गोल गरेपछि बार्सिलोनाले खेल जितेको हो ।

गावीले १२औं र फ्रेन्की डे जोङले १५औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले २–० को अग्रता बनाएको थियो । तर भियारियालले घरेलु मैदानमा पुनरागमन गर्‍यो । जुयान फोथले २६औं र अलेक्जान्डर सोर्लोथले ४०औं मिनेटमा गोल गरेपछि भियारियालले पहिलो हाफमै खेल २–२ को बराबरीमा पुर्‍यायो ।

त्यसपछि ५०औं मिनेटमा अलेक्स बाएनाले गोल गर्दै भियारियाललाई ३–२ को अग्रता दिलाए । तीन खेलबाट ७ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा उक्लेको छ । दोस्रो हार बेहोरेको भियारियाल तीन खेलबाट तीन अंकसहित १३औं स्थानमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार