महिला खेलाडीको ओठमा चुम्बन गर्ने प्रशिक्षक निलम्बनमा

उज्यालो प्रतिनिधि १० भाद्र २०८०, आईतवार खेल

जेनेभा । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ ।

महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका उनलाई ९० दिनका लागि निलम्बन गरिएको हो । फिफा अनुशासन समितिले प्रशिक्षक रुबियाल्सलाई उनको आचरणलाई लिएर अनुसन्धान पनि गरिरहेको छ ।

चार दिनअघि अष्ट्रेलियाको सिड्नीमा भएको फाइनल खेलमा स्पेनले इङ्गल्याण्डलाई १–० गोलले पराजित गरेको थियो । प्रशिक्षक रुबियालेसले चुम्बन गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि उनले क्षमा याचना गरेका थिए । यद्यपि उनले सहमतिमा चुम्बन गरेको बताएका छन् । खेलाडी जेनीले त्यसको प्रतिवाद गरेकी छन् । स्पेनको पहिलो महिला विश्वकप उपाधिको ठूलो उपलब्धिलाई चुम्बनले ओझेलमा पारेको छ ।

खेलाडी जेनीसहित उनको टोलीका सदस्यले प्रशिक्षक रुबियाल्सलाई जिम्मेवारीबाट नहटाएसम्म खेल मैदानमा नफर्कने घोषणा गरेका छन् । महासङ्घमा उनीहरूले उजुरी पनि दायर गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार