एजेन्सी – इन्टर मायमीलाई एउटा उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका लियोनल मेस्सीले मेजर लिग सकर (एमएलएस) मा डेब्यू गरेका छन् । मेस्सीले एमएलएसको डेब्यू खेलमै गोल गरेपछि मायमीले आइतबार विहान न्यूयोर्क रेडबुल्सलाई २–० ले हराएको छ ।
६० औं मिनेटमा मैदान प्रवेश गरेमा मेस्सीले खेल सकिन एक मिनेट बाँकी रहँदा गोल गरेका थिए । बेन्जामिन क्रेमास्चीको पासमा मेस्सीले सहजै गोल गरेका थिए । त्यसअघि ३७ औं मिनेटमा डिएगो गोमेजले मायमीका लागि पहिलो गोल गरेका थिए ।
सात पटकको बालोन डि ओर विजेता अर्जेन्टिनाका कप्तान मेस्सी यहि सिजन मायमीमा आबद्ध भएका थिए । मेस्सी र उनका पूर्व क्लब बार्सिलोनाका केहि सहकर्मी मायमीमा आबद्ध भएसँगै टोलीले उच्च प्रदर्शन गरेको छ ।
एमएलसमा २९ टोलीको सहभागिता छ । मायमी पुछारबाट तेस्रो स्थानमा छ । यसअघिका ११ खेलमा लगातार हार समेत बेहोरेको मायमीको अहिले २१ अंक छ ।