संसदीय समितिको निर्वाचनमा रास्वपाले उम्मेदवारी दिने

उज्यालो प्रतिनिधि ९ भाद्र २०८०, शनिबार समाचार

काठमाडौँ । संसदीय समितिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी दिने भएको छ।

शुक्रबार साँझ सिंहदरबारस्थित कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले संसदीय समितिको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

उनका अनुसार समर्थक, प्रस्तावक र उम्मेदवार पुग्ने समितिमा उम्मेदवारी दिने तयारी पार्टीले गरेको हो।

संसदीय समितिका सभापतिहरू छान्न आगामी भदौ ११ गते निर्वाचन हुँदैछ। निर्वाचन भएसँगै संसदीय समितिहरूले नेतृत्व पाउने भएका छन्।

दलहरूबीच नेपाली कांग्रेसले चार, नेकपा एमालेले तीन, नेकपा माओवादी केन्द्रले दुई, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी ले १/१ समितिको सभापति पाउने गरी सहमति भएको छ। सभापतिहरू निर्वाचित नहुँदा संसदका ११ समितिका बैठक अहिलेसम्म जेष्ठ सदस्यको नेतृत्वमा बसिरहेका छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार