जग्गा हत्याउन नक्कली आमा

उज्यालो प्रतिनिधि ९ भाद्र २०८०, शनिबार समाचार

काठमाडौँ । आमा पनि नक्कली बनाइन्छ भन्ने सुन्दा अचम्म लाग्छ । तर मकवानपुरको थाहा नगरपालिकाका एक व्यक्तिले नक्कली आमा बनाएर अर्कैका नामको जग्गा आफ्नो नाममा हत्याएका छन् ।

यस घटनामा कीर्तिपुर र थाहा नगरपालिकाका जनप्रतिनिधिको पनि संलग्नता रहेको छ । जग्गामा रकम हाल्ने भारतीय नागरिकको जाहेरीपछि मात्र यो घटना सार्वजनिक भएको हो । प्रहरीले दुई जना वडाध्यक्षसहित २१ जनाविरुद्ध गत साउन २८ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

घटना विवरण अनुसार कीर्तिपुरको महँगो जग्गा हात पार्न थाहा नगरपालिका–१२ का सतराज गुरुङले नक्कली आमा खडा गराएर सबै प्रक्रिया पूरा गरेका थिए । यस कार्यमा मकवानपुरको थाहा नगरपालिका–१२ का वडाध्यक्ष टीकाराम स्याङ्तान र कीर्तिपुर नगरपालिका–१० का वडाध्यक्ष नरेश महर्जनको सहयोग रहेको छ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१० स्थित ट्याङ्लाफाँटको कित्ता नम्बर २०३ को ९९२ वर्गमिटर अर्थात् एक रोपनी १५ आना जग्गा गुरुङले आफ्नो नाममा गरेको पाइएको हो ।

भारतीय नागरिक एमसी परेराले उक्त जग्गा किनेर राखेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार भारतीय नागरिक परेराले श्रीमती बनाएका उमादेवी गुरुङको नाममा जग्गा किन्नुभएको थियो । उनीहरूका सन्तान थिएनन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार