काभ्रेमा वडाध्यक्ष दनुवार सहित ९ जना पक्राउ

उज्यालो प्रतिनिधि ८ भाद्र २०८०, शुक्रबार समाचार

काभ्रे । काभ्रे जिल्लामा निर्वाचित वडाध्यक्ष सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई जुवा खेलिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।

नेपाली कांग्रेसबाट निर्वाचित पाँचखल नगरपालिका वडा नं. १२ का वडाध्यक्ष ज्ञान बहादुर दनुवार सहित ९ जनालाई पाँचखाल नगरपालिकासंगैको घरबाट पक्राउ गरिएको हो ।

वडाध्यक्ष दनुवार सहित नेकपा एमाले पाँचखाल नगरपालिका वडा-३ का अध्यक्ष प्रकाश सापकोटा, कांग्रेसका स्थानीय कार्यकर्ताहरु हरि ठकुरि, मित्र भुजेल लगायत पक्राउ परेका छन् ।

जुवाखालबाट प्रहरीले करिब १ लाख ९० हजार रुपैयाँ रकम समेत बरामद गरेको प्रहरीले जानकारी गराएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार