बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

उज्यालो प्रतिनिधि ७ भाद्र २०८०, बिहीबार फोटो समाचार

जलेश्वर । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा आज विहान साढे ११ बजे सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।जनकपुरको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) क्याम्पसबाट विद्यार्थी बोकेर जलेश्वर आउँदै गरेको बा २ ख १५३६ नं को बसले जलेश्वर नगरपालिका– ९ स्थित परिकौली चौकमा ज८प ९२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जलेश्वर नगरपालका– ९ परिकौलीका ३५ वर्षीय सन्तोष यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

लोक सेवा आयोग जलेश्वरमा कार्यालय सहयोगी भई काम गर्दै आएका यादव कार्यालयको कामले जनकपुर जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीको भनाइ छ । बसको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पु-याएको थियो । अस्पताल पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमै राखिएको छ । ठक्कर दिने बस र मोटरसाइकलाई प्रहरीको नियन्त्रणमा लिएको छ भने बसका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार