ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

उज्यालो प्रतिनिधि ७ भाद्र २०८०, बिहीबार समाचार

चन्द्रपुर । सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको घटनामा आज दिउँसोदेखि रौतहटको पूर्वपश्चिम राजमार्ग बागमती–चपुर सडकखण्ड अवरुद्ध भएको छ ।चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती क्षेत्रमा ट्रकको ठक्करबाट स्थानीय करिव ५५ वर्षीया बिमलाकुमारी बिमलीको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले उक्त ट्रकमा आगजनी गर्नाका साथै राजमार्ग पनि अवरुद्ध गरेका हुन् ।

पश्चिम दिशाबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १५०० नं को मालबाहक ट्रकले ठक्कर दिँदा उहाँ सख्त घाइते हुनुभएपछि चालकले जानीजानी गाडी ब्याक गरेर मारेको आरोप लगाउँदै उनीहरूले ट्रकमा आगजनी गरेको बताइएको छन् ।

उक्त ट्रकका चालक फरार भएका र सहचालकलाई भने नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जनाएको छ । आगजनी भएको ट्रकको आगो निभाउन गएको नगरपालिकाको दमकललाई आक्रोशित स्थानीयवासीले तोडफोड गरी क्षति पु¥याएको बताइएको छ ।

दमकलमा ढङ्गा प्रहार गर्दा ना १ झ ६८८ नं को उक्त दमकलको अगाडिको शिशा पूर्णरूपले फुटेको र चालक कुमार बस्नेत सामान्य घाइते हुनुभएको छ । चालक बस्नेतले आफ्नो आँखामा शिशाको टुक्राले चोट पु¥याएको बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार