एमाले सम्पूर्ण संसदीय प्रक्रियामा सक्रिय हुन्छः सचिव भट्टराई

उज्यालो प्रतिनिधि ६ भाद्र २०८०, बुधबार समाचार

काठमाडौँ । नेकपा एमालेका सचिव एवम् सांसद योगेशकुमार भट्टराईले संसदीय प्रक्रियामा आफ्नो पार्टी सक्रियरूपमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले एमाले पार्टीले संसद् अवरोध ग¥यो भनेर हल्ला फिँजाइएको भन्दै सम्पूर्ण संसदीय प्रक्रियामा एमालेले नियमितरूपमा भाग लिने विश्वास व्यक्त गरे ।

“प्रतिनिधिसभा हाम्रा लागि प्रिय छ । हाम्रो आवाज उठाउन नदिएपछि संसद्को बैठक बस्न नसकेको हो । अवरुद्ध संसद् खुलाउन आज प्रधानमन्त्रीज्यूले जुन पहल लिनुभयो । संसद्मा प्रतिपक्षी दलका नेता, नेपाली कांग्रेसका सभापतिलगायतका अन्य दलका नेताले संसद्को भूमिका र गरिमा जोगाउन भूमिका खेल्नुभयो, म उहाँहरूको प्रशंसा गर्न चाहन्छु ।”

सचिव भट्टराईले संसद्को गतिविधि अगाडि बढाएर थाँती रहेका विधेयक पारित गराउनेतर्फ सबै राजनीतिक दल जिम्मेबार बन्नुपर्नेमा जोड दिए । उनले विधेयक प्रक्रिया अगाडि बढाउन पनि सरकारलाई अनुरोध गरे।

एमाले सचिव भट्टराईले काठमाडौँबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस आज त्रिशूली नदीमा दुर्घटनाग्रस्त हुँदा दर्जन बढी व्यक्तिको निधन भएको तथा गएको साउन महिनामा देशका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट दर्जनौँ सङ्ख्यामा नेपालीको निधन भएको भन्दै पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।

एमालेले राज्यका कुनै पनि निकायप्रति अविश्वास गर्दैन भन्दै उनले तर घटनामा जोडिएका ठूला दोषी व्यक्तिलाई पक्राउ गर्न नसकिएकोप्रति एमालेलाई शङ्का लागेर उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको स्पष्ट पारे । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार