तीन हप्तादेखि रिप र उनापानी गाउँ अन्धकारमा

उज्यालो प्रतिनिधि ६ भाद्र २०८०, बुधबार समाचार

सिमकोट । गत साउन १३ र १४ गते परेको अविरल वर्षाका कारण आएको बाढी र पहिराले विद्युतमा क्षति पु¥याउँदा हुम्लाको मध्यभेगमा रहेका दुई गाउँबासी अन्धकारमा बस्दै आएका छन् । विद्युत् आपूर्ति बन्द हुँदा सर्केगार्ड गाउँपालिका–२को रिप र वडा नं ३को उनापानी गाउँका बासिन्दाले अहिले उज्यालोका लागि सल्लाको दियालोको भर पर्नुपरेको छ ।

पहिराले क्षति पु¥याएको नहर तथा पावर हाउस हालसम्म मर्मत नहुँदा स्थानीयवासी दियालो बाल्न बाध्य भएका हुन् । विद्युत् हाउस नबन्दा तीन हप्तादेखि वडा नं ३ उनापानी गाउँलेले सल्लाको दियालो बाल्नुपरेकोे स्थानीयवासी महेश थापाले बताउनुभयो । यसअघि तीन सय घरधुरीका लागि विद्युत् आपूर्ति गर्दै आएको लघुजलविद्युत् आयोजनाको नहर र पावर हाउसलाई गत साउन १२ गते आएको पहिरोले क्षति पु¥याएपछि त्यसयता गाउँमा अन्धकार छाएको उनको गुनासो थियो ।

विद्युत् आपूर्ति भइरहेका कारण सोलारको विकल्पसमेत नगरिएकाले हाल जङ्गलबाट सल्लाको झरो टिपेर दियालोको रुपमा बाल्नुपरिरहेको हो । पावर हाउसलाई यति धेरै समयसम्म मर्मत गर्न कसैको ध्यान जान नसकेको र अब कहिले मर्मत हुन्छ भन्ने यकिनसमेत नभएको स्थानीयवासी थापाको भनाइ थियो ।

दुई सय ५० घरधुरी रहेको वडा नं २ को रिप गाउँको समस्या पनि उस्तै छ । त्यहाँका बासिन्दा पनि सल्लाको झरो बालेर उज्यालोमा बस्न बाध्य छन् । उक्त गाउँका लागि विद्युत् आपूर्ति गर्दै आएको रिपगाड लघुजलविद्युत् आयोजनाको नहर र पावर हाउसलाई पनि असार १२ र १३ गते आएको बाढी तथा पहिरोले क्षति पु¥याएपछि विद्युत् सेवा बन्द भएको स्थानीयवासी कालीबहादुर महताराले बताए । उज्यालोमा बस्न बानी परेका बासिन्दालाई अहिले पुनः पुरानै जमानामा फर्काएको उल्लेख गर्दै उनले विद्युत्् सेवा बन्द हुँदा साह्रै कठिन भएको गुनासो गर्नुभयो । स्थानीयवासीले पहिरोले क्षति पु¥याएको २५ किलोवाटको लघुजलविद्युत् आयोजना मर्मतका लागि वडा र गाउँपालिकामा माग गर्दा कुनै सुनुवाइ हुन नसकेको दुखेसो गरे ।
वडा नं ३ का वडाध्यक्ष अकिल कार्कीले धेरै ठूलो क्षति भएका कारण तत्काल मर्मत गर्न कठिन भएको र क्षतिको विवरणसहित पावर हाउस तथा नहर मर्मतका लागि मुचुल्का सरोकारवाला निकायमा पेस गर्ने कार्य भए पनि हालसम्म मर्मत गर्ने निकाय नभेटिएको बताए।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार