अबैध रुपमा लुकाएको ११० बोरा युरिया मल बरामद

उज्यालो प्रतिनिधि ६ भाद्र २०८०, बुधबार समाचार

 

रबिन्द्र यादव
पश्चिम नवलपरासी ।   इलाका प्रहरी कार्यालय सेमरीले अबैध रुपमा भारतबाट ल्याइएको युरिया मल बरामद गरेको छ । प्रहरीले विशेष सुचनाको आधारमा जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ३ गिदहा स्थित साधु चमारको फुसले छाएको कच्ची घरबाट लुकाइ राखेको ७० बोरा युरिया मल बरामद गरेको हो । त्यसैगरी सोही ठाउँ बस्ने मोतीलाल यादवको घरबाट पनि ४० बोरा युरिया मल बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय सेमरीको प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण चौहानको नेतृत्वमा गएको टोलीले उक्त मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय परासीका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए ।

 

बरामद गरिएको युरिया मल आवश्यक कार्यवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको पाण्डेले समेत जानकारी दिए । कुल बरामद गरिएको एक सय दस बोरा युरियाको मूल्य अन्दाजी एक लाख दस हजार रहेको बुझिएको छ । केही तस्करहरुले किसान बताउदै साइकल तथा मोटरसाइकलमा बोकेर मल ल्याउछन र उक्त खाद्यहरुलाई स्टल गरि राख्छन् पछि धेरै भएपछि पिकअपमा लोड गरि जिल्ला बाहिर पठाउन गरेको स्रोतले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार