काठमाडौं। मलेसियामा जारी चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत नेपालले कुवेतलाई ९० रनको लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन जोड्यो ।
नेपालका लागि इन्दु बर्माले २३, विन्दु रावलले २० र काजल श्रेष्ठले १९ रन बनाए । कुवेतका लागि मरिन्मा हैदरले ४ तथा मरयाम ओमरले २ विकेट लिइन् ।
अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो। आज कुवेतलाई हराए नेपाल फाइनल प्रवेश गर्नेछ।