नेवार समुदायको लाखे जात्रा सुरु

उज्यालो प्रतिनिधि ५ भाद्र २०८०, मंगलवार समाचार

खोटाङ । नेवार समुदायको प्रमुख चाड लाखे जात्रा सोमबारबाट औपचारिकरुपमा सुरु भएको छ । नेवार समुदायको घनाबस्ती रहेका ठाउँमा हरेक वर्ष मनाइने लाखे जात्रा अन्तर्गत खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सोमबार दिनभर लाखे नाच प्रदर्शन गरियो ।

पछिल्लो एक वर्षमा मृत्यु भएका दिवङ्गत आफन्तको सम्झना गर्दै मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको लाखे जात्रासँगै गाई जात्रासमेत मनाउने गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा मनाइने गाई जात्रा पर्वलाई व्यङ्य गर्ने दिनका रूपमा समेत चिन्ने गरिन्छ । गाई जात्रामा खोटाङका नेवार समुदायले दिवङ्गत भएका आफ्ना पितृगणको सम्झना गर्दै टोलटोलमा घुमेर लाखे नाच देखाउने गरेका छन् । क्वाँटीपूर्णिमाको दिन यसअघि अर्थात वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झना गर्दै सापारु बनाएर दिक्तेल बजारका विभिन्न चोक परिक्रमा गराउने गरिएको छ ।

मृतकको तस्वीरसहित खटमा राखिएको सापारुमा आफन्तजनले पूजाआजा गर्दै रामायणका साथै मृतकको जीवनीवाचन गर्ने चलनसमेत रहेको दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’ले बताए । लयवद्ध तरिकाले वाचन गरिने रामायण र जीवन सुन्दा धेरैको मन रुन्छ । दिक्तेल बजारमा मनाइने लाखे जात्राको मुख्य आकर्षण मुकुण्डोधारी लाखे नाचहुन्छ । ढोल, झ्याम्टाको तालमा जातीय संस्कृति र परम्पराको नक्कल गर्दै मुकुण्डोधारी लाखे नाचसहित सहभागी सबैले नाच्ने र रमाइलो गर्ने गर्छन् ।

लाखे बन्ने व्यक्तिले केही दिन अघिबाटै शुद्ध खानेकुरा खाएर बसेका हुन्छन् । लाखेसँगै अघिपछि नाच्ने धतुवारेले दर्शकलाई थप मनोरञ्जन गराउँछ । लाखे जात्रालाई जिल्लाका नेवार समुदायले विशेष महत्वका साथ मनाउने गरेका छन् । लाखे जात्रामा नेवार समुदायका घरपरिवार तथा आफन्तजन जमघट हुने र दुःखसुखका कुरा आदानप्रदानसमेत गर्ने गर्छन् । लाखे जात्राको अवसरमा नेवार समुदायको घरमा पूजाआजा गर्नुका साथै नेवारी परिवार खाने चलन छ ।

आफन्तजन, इष्टमित्र, साथीभाइलगायत भेला भएर मिष्ठान्न भोजन गर्ने तथा आपसमा रमाइलो गर्ने गर्छन् । अध्ययन, जागिर तथा विभिन्न पेसा÷व्यवसायका क्रममा घरदेखि टाढा रहेका परिवारका सदस्य पनि लाखे जात्राको अवसरमा एक ठाउँ भेला हुने गरेका छन् ।

लाखे जात्राले सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक महत्वसँगै नेवार र गैर नेवार समुदायबीच आपसी भाइचारा तथा भातृत्व कायम गर्दै खोटाङ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजेन्द्र लयालुले बताउनुभएको छ । लाखे पर्वसँगै जिल्लामा लाखेजात्रा, गाईजात्रा, हिले जात्रा, रोपाइँ जात्रा, कृष्णजन्माष्टमीको जात्रा लगायतका विभिन्न जात्राहरु मनाउने चलन रहिआएको छ ।

श्रीकृष्ण जन्माष्टमीको दिन कृष्ण जात्रा गरेपछि कृष्णले राक्षस, भूत–प्रेत आदि मारेकोले लाखे ख्याली, आदि भूत–पिचास, नागको भय हुँदैन भन्ने जनविश्वास छ । नागपञ्चमीबाट औपचारिक रुपमा सुरु गरेर विशेष तरिकाले मनाइने लाखे जात्रा कृष्णाष्टमीको भोलिपल्ट नदीमा गएर विधिवत् रुपमा समापन गर्ने चलन रहिआएको छ ।

नेवार समुदायको महान चाड लाखे जात्राले जिल्लामा व्यापार÷व्यवसायलाई समेत सघाउ पुग्ने खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन आचार्यले बताएका छन । लाखे जात्रा दिक्तेल बजार, बुइपा, एैँसेलुखर्क, खोटाङबजार, चिसापानी, अर्खौले, खार्मी, दोर्पाचिउरीडाँडा लगायत नेवार समुदायको घना बस्ती भएको ठाउँमा विशेष कार्यक्रमका साथ मनाउने गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार