कर्मचारी अभावले सेवा प्रवाहमा समस्या

उज्यालो प्रतिनिधि ५ भाद्र २०८०, मंगलवार समाचार

अछाम । जिल्ला प्रशासन कार्यालय अछाममा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतको अभावमा सेवा प्रवाहमा समस्या देखिएको हो । उक्त कार्यालयमासहायक प्रमुख जिल्ला अधिकारी लामोसमयदेखि नभएकामा तीन महिनादेखि प्रशासकीय अधिकृतसमेत अभाव भएको हो ।

दुईवटा प्रशासकीय अधिकृतको दरबन्दी भएको कार्यालय जेठ १ गते प्रशासकीय अधिकृत मीनराज आचार्यको सरुवा भएपछि काजआ आउनुभएका दैलेख जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भूपेन्द्र थापा गत जेठ २८ देखि असार ८ गतेसम्म काम गरेर फर्किनुभएको थियो । त्यसपछि बाजुरा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार तिमिल्सेनाले गत असार १० देखि साउन १ गतेसम्म काजमा आएर काम गरी बाजुरा फर्केपछि डोटी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले साउन ३ गतेदेखि काजमा आएर काम गरिरहनुभएको छ ।

कार्यालयमा २२ कर्मचारीको दरबन्दीमध्ये नौ कर्मचारी रिक्त छन् । दरबन्दीअनुसार एक सहायक प्रमुख जिल्ला अधिकारी र दुई प्रशासकीय अधिकृत हुनुपर्ने भए पनि कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतविहीन हुन पुगेका छन् । त्यस्तै पाँच नायबसुब्बाको दरबन्दीमा एक जनामात्रै छन् भने तीन खरिदारको दरबन्दीमा दुई र दरबन्दीका दुई कम्प्युटर अपरेटरले करारमा काम गरिरहेका छन् ।

यसअघि दुई प्रशासकीय अधिकृतमध्ये एक दिपेश रिजालको गत २०७९ माघ ४ गते र मीनराज आचार्यको यही जेठ १ गते सरुवा भएको थियो । असार २४ गते गृह मन्त्रालयले प्रशासकीय अधिकृत रामप्रसाद शर्मा र यादव भण्डारीलाई उक्त कार्यालयमा सरुवा गरेकामा दुबैजना सरुवा भएको महिनौँ पुग्दासमेत हाजिर हुन आएका छैनन् । कर्मचारी अभावले दैनिक कामकाजमा समस्या हुँदै आएको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

यस जिल्लामा प्रमुख जिल्ला अधिकारी सहसचिवको दरबन्दी हो । हालका प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानको तीन महिना नपुग्दै गृह मन्त्रालय सरुवा भएपछि मोरङका सहायक प्रजिअ शरदकुमार पोखरेलले गत साउन ३१ गतेदेखि प्रजिअको जिम्मेवारी सम्हालिरहेका छन् ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार