चार दलीय समाजवादी मोर्चाको बैठक सुरु

उज्यालो प्रतिनिधि ४ भाद्र २०८०, सोमबार समाचार

काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा(एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघिदेखि सुरु भएको नेकपा (एकीकृत समाजवादी)का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भइरहेको छ । बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मितिसमेत तोक्ने जनाइएको छ । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेता सहभागी हुनुहुन्छ ।

मोर्चा गठन भएको करिब तीन महिनापछि बसेको यो दोस्रो बैठक हो । मोर्चामा सत्तारुढ नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी, नेकपा ९एकीकृत समाजवादी० र विप्लव नेतृत्वको नेकपा आवद्ध छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार