बार्सिलोनाको संघर्षपूर्ण जित

उज्यालो प्रतिनिधि ४ भाद्र २०८०, सोमबार खेल

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले काडिजविरुद्ध कठिन जित निकालेको छ ।

घरेलु मैदान क्याम्प नु को मर्मत भइरहेकाले बार्सिलोना सहरमै अवस्थित ओलिम्पिक स्टेडियमलाई घरेलु मैदान बनाएको बार्सिलोनाले २-० को जित निकाल्न सफल भएको हो । बार्सिलोनाको जितमा पेद्री र फेरान टोरेसले समान एक/एक गोल गरे ।

पहिलो खेलमा गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाको खेलको दुवै गोल गर्न अन्तिम समयसम्म कुर्नुपर्यो । काडिजका गोलरक्षक लेडेस्माले खेलमा राम्रो प्रदर्शन गर्दै धेरै सटहरु विफल पारे ।

खेलको ११औं मिनेटमा जुल्स कुण्डेको हेडर उनले सजिलै बचाए । १५औं मुनेम पेड्रीको हेडर पनि लेडेस्माले सेभ गरे । २९औं मिनेटमा १६ वर्षीय लामिन यमालको सटमा उनले उत्कृष्ट बचाउ गरे ।

खेलको ३४औं मिनेटमा कुण्डेको अर्को प्रहार लेडेस्माले विफल पारे । उता बार्सिलोनाका गोलरक्षक टर स्टेगनले ३५औं मिनेटमा उत्कृष्ट बचाउ गर्दै टिमलाई पछि पर्न बाट बचाएका थिए ।

अलेहान्द्रो बाल्डेले बल फुत्काएपछि वान भर्सेस वानको अवसर सिर्जना भएको थियो । तर जर्मन गोलकिपर टर स्टेगन बाधक बने ।

खेलको ४५औं मिनेटमा गाभिको प्रहार बारमा लागेपछि काडिज पछाडि पर्न बाट बच्यो । ७२औं मिनेटमा लेवान्डोस्कीले प्रहार गरेको हेडर पोस्टको थोरै टाढा बाट बाहिरियो ।

८०औं मिनेटमा आब्देको सट लेडेस्माले विफल पारे । तर त्यसको दुई मिनेट पश्चात बार्सिलोनाले खेलमा अग्रता लियो । गुन्डोगानको सटीक पास पेद्रीले भेट्टाएर बललाई गोलको दिशा देखाएका थिए ।

त्यसपछि खेलको अन्तिममा अतिरिक्त समयको चौथो मिनेटमा फेरान टोरेसले एक गोल थप्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।

यो सँगै बार्सिलोनाको दुई खेलमा चार अंक पुगेको छ । पहिलो खेलमा डेपोर्तिभो अलाभेसलाई १-० ले हराएको काडिजको भने दुई खेलमा तीन अंक रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार