लोसपा कार्यालय खाली गर्न उर्दी

उज्यालो प्रतिनिधि ४ भाद्र २०८०, सोमबार समाचार

काठमाडौँ । बबरमहलस्थित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यालय तत्काल खाली गर्न नेपाल मधेसी निजामती कर्मचारी मञ्चले उर्दी जारी गरेको छ । लोसपाले कार्यालय सञ्चालन गर्दै आएको उक्त भवन मधेस कर्मचारी मञ्चको हो ।

२०७१ सालमा सरकारले नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन, नेकपा एमालेनिकट निजामती कर्मचारी संगठन तथा तराई मधेस केन्द्रित दलनिकट नेपाल मधेसी निजामती कर्मचारी युनियनको कार्यालय राख्न एकएक रोपनी भोगाधिकार हुने गरी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त जग्गामा मधेसी कर्मचारी मञ्चले भवन बनाएको थियो । २०७४ सालमा तत्कालीन तराई मधेस केन्द्रित ६ दलबीच एकीकरण भई राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएपछि नयाँ पार्टीको कार्यालय मधेसी कर्मचारी मञ्चको सो भवनमा राखिएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार