काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले प्रेमिका लिना प्रधानसँग विवाह गरेका छन् ।
आइतबार एक मन्दिरमा परिवारजनको उपस्थितिमा विमल र लिनाले विवाह गरेका हुन्। लिना र विमलबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो ।
विमलले सन् २०१२ मा बंगलादेशविरुद्ध खेल्दै डेब्यु गरेका थिए । उनी त्यसयता राष्ट्रिय टोलीमा नियमित रहँदै आएका छन् ।