२१ दशमलव दुई प्रतिशतले बढ्यो ‘रेमिट्यान्स ’

उज्यालो प्रतिनिधि १ भाद्र २०८०, शुक्रबार समाचार
काठमाडौँ   ।   गत आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह रु १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेको हो  । अघिल्लो वर्ष विप्रेषण आप्रवाह चार दशमलव आठ  प्रतिशतले बढेको थिए।
केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव एक प्रतिशतले वृद्धि भई नौ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह दुई दशमलव दुई प्रतिशतले बढेको थियो ।
त्यस्तै समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४० दशमलव तीन प्रतिशतले बढेर चार लाख ९७ हजार सात सय चार पुगेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या तीन सय ९२ प्रतिशतले बढेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा वर्षमा एक दशमलव आठ प्रतिशतले कमी आई दुई लाख ७७ हजार दुई सय ७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या एक सय ९८ दशमलव पाँच प्रतिशतले बढेको थियो ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार