ग्रिनपार्कलाई पर्यटकीय गन्तव्यस्थल बनाइने : सञ्चारमन्त्री शर्मा

उज्यालो प्रतिनिधि ३१ श्रावण २०८०, बुधबार समाचार

देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले नेपाललाई पर्यटकीय अन्तर्राष्ट्रिय गन्तव्यस्थलको रूपमा विकास गर्ने लक्ष्य लिएको बताए । उनले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा उक्त लक्ष्य प्राप्तिका लागि आवश्यक पूर्वाधार विकास गर्ने योजना ल्याइएको बताए । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि आवश्यक योजना बनाउने साझा न्यूनतम कार्यक्रममा समेटिएको बताउनुहुदैँ, पर्यटकीय क्षेत्रका पूर्वाधारको विकास गर्नुका तथा गुणस्तर व्यवस्थित गर्ने सरकारको प्राथमिकता रहेको बताए ।

 

नेपाल सरकारले सांस्कृतिक, जैविक एवं भौगोलिक विविधतालाई पर्यटनको मुख्य क्षेत्रको रूपमा विकास गर्ने, पर्यकीय क्षेत्रको उचित व्यवस्थापन गर्ने, पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि आवश्यक योजना बनाउने भएको मन्त्री शर्माले बताए । बुधवार दाङको लमहीमा रहेको जैविक विविधता ग्रिन पार्कको स्थलगत अवलोकन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले नेपाल सरकारले पर्यटकीय क्षेत्रलाई थप व्यवस्थित बनाउन शीघ्ररुपमा अघि बढेको बताए । उनले भने,–। नेपाल सरकारले पर्यटकीय क्षेत्रलाई हरित पर्यटनको रुपमा विकास गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिनुका साथै सरकारले खेलकुदलाई उद्योगको रूपमा विकास गर्ने र अन्तर्राष्ट्रियस्तरको खेलकुद पूर्वाधार निर्माण एवम् खेदकुद पर्यटनको विकास गर्ने योजना बनाएको छ ।’

ग्रिन पार्कलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जैविक विविधता ग्रिन पार्कलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताएका छन । ग्रिन पार्कलाई थप व्यवस्थित गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना अघि बढाउने मन्त्री शर्माले बताए । उनले यसले जिल्लाका ग्रामिण क्षेत्रका धार्मिक केन्द्र र दाङको लमहीमा रहेको ग्रिन पार्क लगायतका केन्द्रलाई जोडेर पर्यटकीय गन्तव्यको रुपमा बिकास गरिने योजना रहेको बताए । उनले भने,–। ‘यसपार्क क्षेत्र अन्तरगत पर्यटनको प्रचुर सम्भावना देखिन्छ तर त्यसका लागि नीति र योजना चाहिन्छ । समितिले योजना ल्याउनुप¥यो । पर्यटकीय गन्तब्य बनाउने जिम्मा नेपाल सरकारको हो । यसक्षेत्रको विकासका लागि पर्यटन प्रवद्र्धनको कार्यक्रम अघि बढाइने छ ।’

 

लमही बसपार्कको उत्तरतर्फ चुरेको काखमा ग्रिन पार्कमा पुग्न सकिन्छ । यस क्षेत्रबाट देउखुरीको रमणीय दृश्वावलोकन समेत गर्न सकिन्छ । पर्यटनको प्रचुर सम्भावना बोकेको चुरेको टाकुरामा अवस्थित ग्रिन पार्क अवलोकन गर्न जिल्लाबाट मात्र नभइ अन्य विभिन्न जिल्लाबाटसमेत अवलोकन गर्न आउने अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताए । उनले आफूले यसक्षेत्रको पर्यटन प्रवद्र्धनका लागि उल्लेख्य काम गर्ने र पर्यटकीय सम्भावना बोकेको ग्रिन पार्कमा विकासमा सहज बनाउन पहल थाल्न मन्त्री शर्मालाई ध्यानाकर्षण गराए । उनले ग्रिन पार्क क्षेत्रको विकासका लागि विभिन्न अवधारणा ल्याउने योजना बनाउन मन्त्री शर्मालाई अनुरोध गर्नुभयो । उनले सो क्षेत्रका पर्यटन प्रवद्र्धनको चुनौती र सम्भावनाबारे धारणा राख्नुभएको थियो ।

ग्रिन पार्कलाई पर्यटकीय ‘हव’ बनाइने

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो समय लोकप्रिय बन्दै गएको ग्रिन पार्क क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन पहल थालिएको छ । लगानीको पर्खाइमा रहेको पार्क क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन पार्क समितिले बुधवार नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पार्कक्षेत्रको अवलोकन गराइएको वनका उपाध्यक्ष रवि श्रेष्ठले बताए । पार्कलाई व्यवस्थित बनाउँदै अझै पर्यटकको आकर्षण बढाउने उद्देश्यले सरकारले चासो दिएको प्रतिनिधि सभा सदस्य नारायणी शर्मा (प्रतिक्षा)ले बताए । सदस्य शर्माले यसग्रिन पार्क क्षेत्रलाई व्यवस्थितसँगै पर्यटकको चाहनाअनुसार सुविधासहितको पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए । उनले पर्यटकीय क्षेत्रले छुट्टै महत्व बोकेको उल्लेख गर्दै, यसपार्कमा नेपाल सरकारले लगानी गर्न सके त्यसले ऐतिहासिक महत्वलाई समेत जिवित राख्न मद्दत पुग्ने बताउनुभयो । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले नगरभित्रको समग्र क्षेत्रको विकासमा आफ्नो ध्यान गएको बताए । लमही बजारलाई अझै व्यवस्थित गर्दै पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने नगरपालिकाले विशेष योजना ल्याउने बताउनुहुदैँ, आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए ।

No description available.No description available.No description available.

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार