हतुवागढीमा श्रमदानमार्फत सडक मर्मत

उज्यालो प्रतिनिधि ३१ श्रावण २०८०, बुधबार समाचार
भोजपुर   ।    भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत साढे चार किलोमिटर सडक मर्मत गरिएको छ । गाउँपालिकाको संयोजनमा सञ्चालन भइरहेको ‘जनश्रमदान अभियान’मा जोडिएर स्थानीयले सडक मर्मत गरेका हुन् ।
उक्त अभियानमार्फत वडा नं १ को घोडेटार बजार गेटदेखि वडा नं ४ एक्लेबरसम्म साँढे चार किलोमिटर सडक मर्मत गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । यहाँको मुख्य सडकअन्तर्गत नाली व्यवस्थापन, हिलो र खाल्डा भएका स्थानमा मिक्स गिटी लाउने, झाडी हटाउनेलगायत काम गरिएको उनले बताए ।
“गाउँपालिकामा श्रमदान अभियान सञ्चालन गरेर सडकको मर्मत, सम्भार गरिरहेका छौँ”, अध्यक्ष राईले भने, “प्राय : सबै सडक वर्षातले बिग्रिएको अवस्थामा छन् । पालिकाले थालेको यस अभियानमा स्थानीयले पनि सहयोग गरिरहनुभएको छ ।”
बाटो बिग्रिएर आवतजावतमा समस्या भएपछि अभियानमार्फत स्थानीयले स्वतस्फूर्त रुपमा सहयोग गरिरहेका उनको भनाइ थियो । अध्यक्ष राईका अनुसार अभियानमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, उद्योग वाणिज्य सङ्घ, हतुवागढी यातायात प्रालि, प्रगति समृद्धि र हाटखोला टोल विकास संस्था, सिम्ले साँचकी फलामढुङ्गा खैराङ र शिला सुत्केरी टोल विकास संस्थालगायत सर्वसाधारण सहभागी छन् ।
श्रमदानमा जोडिने सबैलाई गाउँपालिकाले धन्यवाद दिँदै आगामी दिनमा पनि सञ्चालन गरिने अन्य विकासका अभियानमा जुट्न सबैलाई अनुरोध गरेको छ । यसअघि गाउँपालिका तथा वडा कार्यालयको अगुवाइमा श्रमदानमार्फत घोडेटार, सङ्खाम, दिमालुङ पदमार्ग क्षेत्रमा वृक्षरोपन गर्नुका साथै दिमालुङ क्षेत्रको सरसफाइसमेत गरिएको गाउँपालिकाले जनाएको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार