हेर्नुहोस आजको राशिफल

उज्यालो प्रतिनिधि ३० श्रावण २०८०, मंगलवार आजको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज परोपकार गर्नुमा नै भलो हुनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । आफन्त सँग भेटघाट पनि हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गर्न खोजेका कार्यमा बाधा आउनेछन् । दुखको समाचार प्राप्त हुन सक्नेछन् । काममा बिघ्नबाधा परे पनि निराश र हतास नहुनु होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्तस् फाइदा नै पुर्‍याउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ । अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परोपकार आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक यात्राको योग छ । जोशजाँगर र उमङ्ग बढ्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ, यात्रा गर्दा चैं सावधानी अपनाउनु पर्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । औपचारिकतामा अल्ली बढी व्यस्त रहनुपर्नेछ । मनोरञ्जनमा सहभागी पनि भइएला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) होसियारी पूर्वक गरिएका कार्यबाट पर्याप्त आर्थिक लाभ लिन सकिनेछ । अतिथिको रूपमा सत्कार पाइएला । पुरानो साथीभाइसँग भेटघाट हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । कतै घुम्न जाने योजना पनि बन्न सक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ( ज्यो।प। नारायणप्रसाद दुलाल

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार