काठमाडौँ । गत आईतवार १३ अगस्टका दिन माल्टामा गजल साँझ, तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । लोकप्रिय गायक थानेश्वर गौतम र चर्चित ख्यातिप्राप्त लोक गायिका सुनिता दुलालले माल्टाको एमसिदा फुटबल ग्राउन्डमा सबै माल्टाबासि नेपालीहरुलाई नचाएका थिए । छोटो समयमा आयोजना गरिएको सांगीतिक तीज गीत गजल कार्यक्रममा माल्टाबासी नेपालीलगायत नेपालप्रेमी विदेशीहरुको उल्लेखनीय उपस्थितिको साथ कार्यक्रम भिम कमल केशीको सभापतित्व र सन्तोष पाठकको कार्यक्रम संयोजनमा सम्पन्न भएको थियो ।
गैर आवासिय नेपाल संघ माल्टाको अध्यक्ष रेमलाल खनाल रेम्सकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सन्चालन भएकाे थियाे । साथै माल्टामा रहेका विविध सङ्गसस्थाका प्रतिनिधि तथा एनआरएनए माल्टाका निवर्तमान तथा पुर्ब अधिकारीकाे आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । साथै थानेश्वर गाैतमका गजल साथै लोक भाकाका गीतहरु पन्चेबाजा, सलैजो, देखेर सपना मैले दर्जनौ गीतहरु दर्शकको अनुरोधमा गाएका थिए ।
चर्चित कलाकार सुनिता दुलालले घुम्तिनीर भेट भयो, डाँडा घरे साईली माल्टाबासी नेपालीहरुलाई कार्यक्रम अवधिभर नचाएका थिए । स्थानीय कलाकार गीत नृत्यले झन कार्यक्रम रमाइलो बनाएको थियो । स्कटल्याण्ड,लन्डन जेनोभामा कार्यक्रम सकेर माल्टामा आएका गौतमको अबको साङ्गितिक साझ पोर्तुगल,स्पेन बेल्जियम हुदैछ । उक्त कार्यक्रमको आयोजना ईसिसियन ईलिमेटसले गरेका थिए भने कार्यक्रममा लगभग ५०० भन्दा दर्शक उपस्थित भएका थिए । कार्यक्रम सञ्चालन जि के शर्माले गरेका थिए । कार्यक्रममा उज्यालो नेटवर्कका संचारकर्मी छेसाङ लोप्चन अशिम र देबघाट अनलाईन प्रकाश बगालेले लाईभमार्फत साथ दिएका थिए ।