स्थानीय वडा सरकार रहेछ भन्ने अनुभूति गराउने गरी काम गर्नु छ

उज्यालो प्रतिनिधि २८ श्रावण २०८०, आईतवार अन्तर्वार्ता

स्थानीय तहको दोस्रो निर्वाचनबाट लमही नगरपालिका वडा नम्बर ३ को वडाध्यक्ष पदमा मनोजकुमार चौधरी निर्वाचित हुनुभयो । उहाँसँगै वडाका अन्य जनप्रतिनिधिले एक वर्षको कार्यकाल पूरा गरिसक्नुभएको छ । यो वर्ष नीतिगत काममा अल्झिए पनि अब उत्पादनमुखी योजना र कार्यक्रम लिएर अगाडि बढ्ने लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मनोजकुमार चौधरीले बताउनुभएको छ । यसै सन्दर्भमा वडाध्यक्ष चौधरीसँग उज्यालो नेटवर्क अनलाइनका देउखुरी प्रमुख शिवु खनालले गर्नुभएको कुराकानी :

१, तपाईं वडामा अध्यक्षमा निर्वाचित भएर आएपछि के कस्ता काम भए ?

हामी निर्वाचित भएर आउनुअघिसम्म वडा अस्तव्यस्त अवस्था थियो । हामीले सही दिशामा ल्याउने प्रयास गरिरहेका छौँ । काम गर्दा विभिन्न अवरोध आउने गरेका छन् । हामी वडाका कामलाई नीति, नियम र स्थानीय सरकार सञ्चालन ऐन अनुसार सञ्चालन गर्न प्रयत्नशील छौँ । अनियमितता रोक्ने, जखेराताल तालको संरक्षण गर्ने, सिमसार क्षेत्रको संरक्षण गर्ने, शिक्षित छोरीलाई प्रोत्साहन स्वरूप सम्मान गर्ने, किसानको खेतबारीमा सिँचाइ सुविधा तथा किसानहरुलाई बेमौसमी तरकारीको प्रोत्साहानमा टेवा पुग्ने गरी वडाबाट विभिन्न कृषि सम्बन्धी कार्यक्रमहरु किसान कहाँ पु¥याउने जस्ता काम भएका छन् । साथै ३ नम्बर वडामा सितभण्डार भएको हुदाँ यहाँका स्थानीय किसानहरु आलु खेतीको गर्नका लागि उत्साहीत भएका छन् ।

२, वडाको विकासमा लाग्दा के कस्ता अप्ठेरा महसुस गर्नुपरेको छ ?

वडा विकासको लागि विभिन्न बाधा अवरोधहरु आउने गरेका छन् । जस्तै आफ्नो व्यक्तीगत स्वार्थ पूर्ती गर्ने व्यक्तीहरुबाट समस्या बाधा आर्चन आइपरेको छ । मैले अनियमितता रोक्न खोज्दा र आम वडावासीलाई हित हुने गरी काम गर्न खोज्दा अनेक बहनाबाजी गरी काम गर्न अवरोध भइरहेको छ । सहयोग नगर्ने जस्ता प्रवृत्तिसँग जुध्नुपरेको छ ।

३, जखेराताल ताल पर्यटकीय स्थलका रूपमा परिचित छ, यो तालको संरक्षण गर्न वडाले के गरिरहेको छ ?

प्राकृतिक उपहारका रूपमा रहेको यो ताल संरक्षणको चपेटामा परेको छ । यसको संरक्षण गर्नु हाम्रो प्रमुख दायित्व हो । तालको संरक्षणको साथसाथै प्रचारप्रसारको काम सुरु भइसकेको छ । म निर्वाचित भएर आएपछि ताल परिसरलाई सफा र स्वच्छ बनाउने प्रयास गरिरहेको छु । जखेराताललाई अझ आकर्षक बनाउन ताल परिसरमा साँझको आरती गराउने तयारी छ । यसका लागि संरचना निर्माणको काम बारे नगरपालिकामा छलपल भइरहेको छ । जखेराताल देखि माथि चुे पहाडमा जाने पैदल पदमार्ग निर्माण गर्नुका साथै बुद्धको मुर्ती राख्ने काम अगाडि बढेको छ ।

४, यो वडामा अधिकांश बासिन्दा कृषि पेसामा निर्भर छन्, कृषि क्षेत्रको विकासका लागि के कस्ता कार्यक्रम ल्याएको छ ?
यस लमही नगरपालिका अन्तरगत सबैभन्दा बढी किसानहरु भएकै वडा ३ नं. वडा हो । यहाँका ९९ प्रतिशत नागरिक कृषि पेसामा निर्भर छन् । यहाँ धान, मकै तथा तरकारी खेती धेरै हुन्छ । तरकारी खेती आम्दानीको मुख्य स्रोत बनेको छ तर यहाँ सिँचाइको समस्या छ । यही समस्यालाई ध्यानमा राखेर वडाले किसानको कृषि विद्युत् महसुल तिरिदिने नीति ल्याउने योजना बनाएका छौँ । हामीले नेपाल विद्युत् प्राधिकरणको लमही वितरण केन्द्रसँग समन्वय गरेर वडाबाट कृषि मिटर लिने व्यवस्था छिटो मिलाउछाँै । अब ती मिटरमा उठेको महसुल हामी तिरिदिने व्यवस्था मिलाउँछौँ । यसबाट किसानलाई ठुलो राहत मिल्ने छ । हामीले गाउँ–गाउँमा कृषि सडक निर्माण गरिएको छ ।

५, अब कार्यकालको चार वर्ष बाँकी छ, यो अवधिमा तपाईंको मुख्य योजना के–के छन् ?

मेरो चार वर्षीय बाँकी अवधिमा सबैभन्दा पहिलो प्राथामिकता शिक्षा, कृषि, स्वास्थ्य, पर्यटनलाई जोडि दिएको छु । यहाँका आम किसान, गरिब, मजदुर, दलितलगायत पछाडि परेकाले पनि हाम्रो साथमा स्थानीय वडा सरकार रहेछ भन्ने अनुभूति गराउने गरी काम गर्नु छ । यहाँ किसानका समस्या समाधान गर्नु छ । अत्यन्तै पिछडिएका र विभेदमा परेका यहाँका दलितलाई सचेत र जागरुक बनाउनु छ । यहाँ स्वास्थ्य र शिक्षामा समेत धेरै समस्या छ । विद्यालयमा ई–हाजिरीको व्यवस्था गरिएको छ । सरकारी स्वास्थ्य संस्थामा सेवाग्राही आउने र सुलभ रूपमा सेवा पाउनुपर्छ भन्ने हेतुले सुधारका प्रयास जारी नै छन् । विशेष गरी शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिवर्तन ल्याउने र उपलब्धि हासिल गर्ने नै मेरो मुख्य उद्देश्य रहन्छ ।

६, वडाका आवश्यकता पूरा गर्न तपाईंहरूको योजना के छ ?

गाउँघरमा कुलो, कृषि औजार, बिउ मल, मोटर बाटो, पैदल हिँड्ने बाटो, स्कुल, खानेपानी, अस्पालत जस्ता भौतिक संरचनाको माग बढी छ । टोलकेन्द्रित योजनाको माग अत्यधिक छ । स्थानीय आवश्यकता र हाम्रो अवस्था हेर्दा हामीले वडामा एउटा गौरवका आयोजना, उत्पादनको पकेट, सङ्कलन केन्द्र, प्रशोधन केन्द्र र उद्योग हुनु पर्छ भनेर जोड दिएका छौँ । स्थानीय आर्थिक विकासलाई केन्द्रबिन्दु राखेर भौतिक निर्माणका काम गर्नु पर्छ भन्नेतिर हामी लागेका छौँ । विगतको बेलगामको स्थितिमा हामी परिवर्तन गर्दै छौ ँ। अहिले बनायो बर्खामा भत्काउने, फेरि हिउँदमा बनायो फेरि पनि भत्कने खालको दुश्चक्रमा हामी परिरहेका छौँ । स्थानीय आर्थिक विकासमा केन्द्रित रहेर हामीले अहिले वडामा एउटा अलि ठुलो गौरव गर्न लायक र सबैले अपनत्व गर्ने खालको उद्योग बनाउन खोजेका छौँ । यो तेरो, यो मेरो, यो टोल, त्यो टोल होइन्, वडाको मुख्य भनेर केन्द्रित गर्ने प्रयास गरेका छौँ, सँगसँगै उत्पादन पकेट र उद्योगमा हामीले ध्यानकेन्द्रित गरेका छौँ । स्थानीयलाई सँगसँगै लिएर हामी काम गर्ने छौँ ।

७, युवा बेरोजगारी यहाँको मुख्य समस्या हो, यसको समाधान कसरी गर्नुहुन्छ ?

युवा पलायन भएका छन्। यसको मूल कारण बेरोजगारी हो। त्यसैले हामीले एक वडा एक उत्पादन र पकेट, एक परिवार एक पेसा, एक व्यवसायको योजना ल्याएका हौँ । यो ढङ्गले हामी नजाने हो भने गाउँको विकास सार्थक हुँदैन । बाँझो जग्गालाई अथवा पुरानो ढङ्गले प्रयोग भइरहेको जग्गालाई पनि आधुनिक प्रविधि र बैङ्किङ प्रणालीमा जोडेर व्यावसायिक बनाउनेतर्फ हामी लागिरहेका छौँ ।

८, बाँकी कार्यकालमा सम्पन्न गर्नुपर्ने कार्यक्रम र प्राथमिकता के के छन् ?

हामीकहाँ विकासका पूर्वाधारमा खानेपानी, बाटो, बत्ती नै हो । यसैमा हाम्रो प्राथमिकता रहने छ । सडकलाई कसरी १२ महिना चल्ने बनाउने, बिजुलीलाई कसरी व्यवस्थित गर्ने, खानेपानीलाई कसरी राम्रो गर्ने भन्ने हाम्रो प्रयत्न हुने छ । लमही खानेपानकिो योजनामा यस वडामा खानेपानीको टंकी निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । लमही नगरपालिका वडा नम्बर ३ को मुख्य समस्या खानेपानीको हुदाँ यो खानेपानी टंकी निर्माण भए पश्चात् खानेपानीको समस्या दिगो रुपमा अन्त्य हुनेछ । सँगसँगै पर्यटनको पनि सम्भावना छ । हामी यस क्षेत्रलाई राम्रो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने छौँ । यसबाट स्थानीय आर्थिक क्रियाकलापलाई सहयोग पुग्ने छ । कृषि, उत्पादन, बजारको विकासमा वडाले सहजीकण गर्छ । उत्पादनका आधारमा अनुदान दिन्छौँ । वितरणमुखी र छिरिएका कामलाई व्यवस्थित गर्ने छौँ । वडा अन्तरगत एक गाउँ एक उत्पादन, एक गाउँ एक संकलन केन्द्र, एक गाउँ एक उद्योग गरेर जनताको आर्थिक क्रियाकलापलाई अगाडि बढाउने कुरामा हामी जोड दिन्छौँ ।

९, अन्त्यमा केही छुटाउनु भयो की ?

सर्व प्रथम ३ नम्बर वडाका सम्पूर्ण वडाबासीहरुलाई धन्यवाद दिन चाहान्छु । आर्थिक वर्ष ०७९÷०८० मा बिनियोजित भएको चालु पुजी दशलाख र पुजीगत खर्चमा एक करोड मध्य एउटा मात्रै योजनाको तीनलाखको मात्रै आन्तरिक बजेटको कारणले सम्पन्न हुन सकेन । यो बजेट सम्पूर्ण रुपले सम्पन्न गर्न सहयोग गर्नुहुने वडाबासीहरुको पूर्ण सहयोग र साथ रहेको थियो । लगभक सबै कुरा समेटिएको जस्तो लाग्यो । एकवर्षमा जेजती गर्न सकियो, अव आउने नयाँ आर्थिक वर्षमा अझ जनताका माझ पुगेर उहाँहरुसंगै योजनाहरु माग गरि आफ्नो कार्यकाल भित्र समग्र वडाको विकास गर्ने लक्ष्य लिएको छु । मेरो एकवर्षको अनुभव, वडाका सम्पूर्ण गतिविधिहरु तपाईको संचार माध्यमबाट जनतामाझा पु¥याउन सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु । साथै यहाँहरुको साथ र सहयोग अन्य दिनहरुमा पनि रहनेछ भन्ने विश्वास व्यक्त गर्न चाहान्छु । वडा नं. ३ का युवायुवतीहरुलाई खेलकूदको लागि प्रयाप्त मात्र बजेटको व्यवस्था गर्नुको साथै योजना रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार