काठमाडौँ । चर्चित लोक गायिका सुनिता दुलाललाई माल्टामा स्वागत गरिएको छ । इसियन्सियल इलेमेन्टस्को आयोजनामा आज अगष्ट १३ तारीक आइतबार को दिन माल्टामा तिज विशेष तथा साँस्कृतिक कार्यक्रमको लागि गायिका माल्टा आएकी हुन । लोकप्रिय गायक थानेश्वर गौतम र चर्चित लोक गायिका सूनीता दूलालको प्रस्तुतिसंग संगै स्थानीय कलाकारको पनी प्रस्तुति हुने र कार्यक्रमको सम्पुर्ण तयारि पुरा भैसकेको हुनाले सम्पुर्ण माल्टाबासि नेपाली दाजु भाइ तथा दिदिबहिनिहरुलाइ उपस्थिति जनाइ मनोरञ्जन लिन कार्यक्रम संयोजक सन्तोष पाठक ज्यु ले उज्यालो नेटवर्कलाई जानकारी दिए ।
साथै कार्यक्रम भव्य र सभ्य रुपमा सफल बनाउन गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रेमलाल खनाल रेम्सले सम्पुर्ण माल्टा बासिलाइ अनुशासित र सभ्य भएर नेपालीको पहिचान उच्च बनाउन अनुरोध गरेका छन । कार्यक्रम सभापती भिम कमल केशी र उज्यालो नेटवर्क संवाददाता अशिम लोप्चनले कार्यक्रमको सम्पूर्ण तयारी सकिएको बताए ।