पहिरोका कारण हजारौं यात्रु बाटैमा अलपत्र लमही–घोराही सडकको वैकल्पिक मार्ग खोज्नुपर्ने

शिवु खनाल २३ श्रावण २०८०, मंगलवार समाचार

देउखुरी । सोमबार विहान करिब सात बजे अबिरल वर्षाका कारण लमही–घोराही सडक अवरुद्ध भयो । दुईसय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो निरन्तर खस्यो । लमही–घोराही सकडखण्ड अवरुद्धको खबर पाए लगत्तै वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी प्रमुख शंकर श्रेष्ठको कमाण्डमा टोली परिचालित भयो । पहिरो खसेको स्थानमा पुग्दा हजारौँ आ आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरु अलपत्र परे । दैनिक हजारौँ सवारी साधन गुड्ने अति व्यस्त सडकमा सवारी आवागमन अवरुद्ध हुँदा यात्रुले सास्ती खेपे । यससडक भएर गन्तव्यमा हिँडेका सवारी साधनको पहिरोका कारण लामो लाइन थियो । सोमबार विहान ८ बजे लमही नगरपालिका र सडकको गरेर दुइवटा जेसिभिको सायोगमा प्रहरीको टोली सडकमा खसेको ठूलो लेदो पन्छाउन परिचालित भएको हो । माथिदेखि खसेको ठूलो पहिरोले सडक अवरुद्ध बनेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंकर श्रेष्ठले बताए । उनले गतवर्ष झरेकै ठाउँबाट लगातार पहिरो खसिरहेको थियो । विहान आठबजे तिर मात्रै पहिरो पन्छाएर एकतर्फी सडक संचालन ग¥यौँ । लगत्तै पुनः ठूलो वर्षा सुरुभयो । पुन ः सडक अवरुद्ध भयो । अवरुद्ध सडक खुलाउने प्रयास सफल त भइरयो, प्रहरी प्रमुख श्रेष्ठले भने,–। ‘यसठाउँ पहिरोको निकै जोखिमपूर्ण रहेको छ । लमही–घोराही सडकखण्ड भएर यात्रा गर्ने क्रममा जो कोहीले पनि सतर्कता अपनाउन जरुरी देखिन्छ । वर्षाको बेला कती बेला माथिबाट पहिरो खस्छ थाहा छैन ।’

 

उक्त सडकमा लगातार पहिरो खस्दा सडकमा अत्याधिक क्षति पु¥याएको छ । सडक अवरुद्ध हुँदा लमही–घोराही जाने र फर्किने यात्रु बीच बाटोमै अलपत्र पर्नुका साथै सडक अवरुद्ध हुदाँ साना तथा ठूला सवारीसाधन पूर्णरूपमा ठप्प नै हुन्छन् । लमही–घोराही सडक खण्डको कुलमोहर नजिकै पहिरो खस्न नरोकिँदा सडक पुनः अवरुद्ध हुने भएकाले सडकमा अलपत्र भएका यात्रुले वैकल्पिक सडकको खोजी हुन आवश्यक रहेको बताएका छन् । वर्षाको समयमा आफुहरुले यस्तो समस्या पटकपटक खेप्खु परेको भन्दै सडक खण्डमा अलपत्र परेका यात्रुहरुले माथिल्लो भागबाट निरन्तर ढुंगासहितको पहिरो खस्ने जोखिम सडकको वैकल्पिक सडकको खोजी हुन जरुरी रहेको बताएका हुन् । करोडौँ खर्चिंदासमेत पहिराले क्षति पु¥याएको सडक मर्मत हुने सम्भावना नरहेको भन्दै, लमहीका स्थानीय पवन शर्मा रिजालले पहिरो तर्काउने गरी वैकल्पिक मार्गको खोज्नुपर्ने विषयमा सम्बन्धीत निकायले चासो दिनुपर्ने बताउनुभयो । उनले भने,–। ‘लमही–घोराही सडक खण्डको वैकल्पिक सडक बनाउनुपर्ने विषयमा सरोकारवालाहरु गम्भिर बन्नुपर्ने देखिन्छ । तत्कालै पहिरो निरीक्षण गर्दै वैकल्पिक मार्गका बारेमा स्थलगत अध्ययन गर्न पनि जरुरी छ ।’

 

लमही–घोराही सडक खण्ड अन्तरगत विभिन्न स्थानमा पहिरो खस्दा सोही सडक भएर यात्रा गर्ने यात्रुहरुले वर्षौैदेखि सास्ती खैप्दै आएका छन् । तर पहिरोले सडकको विभिन्न ठाउँमा क्षति पु¥याउदा समेत यस विषयमा सम्बन्धीत निकाय भने मौन बसेको छ । यहाँको माटो र ढुङ्गाको प्रकृति बग्ने खालको छ । पानीको व्यवस्थापन नभएकै कारण ठूलो क्षति व्यहोर्नुप¥यो, रिजालले भने,–। ‘यहाँ करोडौँ खर्चे पनि हिउँदका लागि मात्रै हुन्छ सडक, अर्को वर्षामा उस्तै हो ।’ पहिरो नियन्त्रणका लागि उपाय नरहेकाले पनि पहिलेकै अवस्थामा सडक सञ्चालन गर्ने अवस्था नरहेको लमही नगरपालिका वडा नम्बर ५ निवासी शेरसिंह खड्काले बताए । उनले भने,–। ‘सडकमा खसेको पहिरो घटाएर तत्कालका लागि खुलाउन सकिन्छ तर दिगो हुने देखिएन । माथिसम्म जमिन चर्किएको छ, अझै पहिरो गहिरो हुने सम्भावना छ । यस विषयमा प्राविधिकबाट पहिराको भौगर्भिक अध्ययन हुनुपर्ने देखिन्छ । वैकल्पिक सडक खोज्नुपर्ने खेखिन्छ ।’

 

सडक डिभिजन कार्यालय दाङका सव–इन्जिनियर महेश विकले यहाँको भूगोलको अवस्था राम्रोसँग जानकारी लिएर मात्रै विकल्पको विषयमा खोज्नुपर्ने बताए । उनले भने,–। ‘हामीले मात्रै भनेर हुँदैन । केन्द्रबाटै निर्देशन आउनुपर्ने हुन्छ । दिगो हुने गरी काम गर्न सडकको ट्रयाक परिवर्तन गर्नुपर्ने अवस्था चाहि देखियो ।’ लमही– घोराही सडकले धान्न सक्ने क्षमता भन्दा बढी भार बोकेर सवारी साधन हिंड्दा ठाउँ–ठाउँमा सडक जोखिममा छन् । ट्राफिक प्रहरीले समेत क्षमता भन्दा बढी भार भएका सवारी साधनलाई तौल नियन्त्रण गर्नु भन्दा जरिवाना काट्दै छाड्दै गर्दा पनि समस्या देखिएको स्थानीयको दाबी छ । त्यसमा पनि ध्यान नदिंदा समस्या देखिएको हो ।।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार