भालुवाङ्मा यसरी मनाइयो १९ औँ सशस्त्र प्रहरी दिवस, तस्बिरमा हेर्नुहोस्

शिवु खनाल ३ श्रावण २०८०, बुधबार फोटो समाचार

।देउखुरी   ।  १९ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा दाङको भालुवाङ् सशस्त्र प्रहरीले विभिन्न कार्यक्रम गरि मनाएको छ । दिवसका अवसरमा बिहीबार सशस्त्र प्रहरीे बल नेपाल नं.२९ हेक्वा ज्वालामाई गण भालुवाङ्मा आयोजित कार्यक्रममा वर्षमा उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरी अधिकारीहरुलाई विभिन्न प्रशंसापत्र सहित दोसल्ला ओढाइ सम्मान गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्वालामाई गण भालुवाङ्का प्रमुख गोपाल श्रेष्ठले जानकारी दिए । त्यस्तै कर्तव्य पालनाका शिलशिलामा ज्यान गुमाउने प्रहरी अधिकारीका परिवारलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा सशस्त्र प्रहरी नेपाल नं. ५ विन्दाबासिनी बाहिनी मुख्यालय रुपन्देही बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक बिदुर खड्काले उत्कृष्ट काम गर्ने प्रहरी अधिकारीहरुलाई सम्मान गर्नुभएको हो ।
यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा सशस्त्र प्रहरी नेपाल नं. ५ विन्दाबासिनी बाहिनी मुख्यालय रुपन्देही बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक बिदुर खड्काले सीमा सुरक्षालाई मजबुत बनाइएको बताउनुभयो । उहाँले गुल्म र बिओपीका माध्यमबाट सीमा सुरक्षालाई मजबुत र व्यवस्थित बनाउँदै सबै सुरक्षा र स्थानीय निकायको समन्वय र सहकार्यमा आफ्नो जिम्मेवारी पुरा गरेको दावी गरे ।
सोही अवसरमा पत्रकार शिवु खनाललाई सम्मान गरिएको छ । नेपाल–भारत अन्तर्राष्ट्रिय सिमा क्षेत्रमा आधारित रहि सिमा स्तम्भहरूको अवस्था, सिमाका समस्या तथा चुनौतिहरूलाई स्वच्छ, निश्पछ र पारदर्शी रूपमा समाचार सम्प्रेषण गरि पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै, १९ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा उज्यालो नेटवर्क अनलाईनका देउखुरी प्रमुख खनाललाई सशस्त्र प्रहरी नेपाल नं. ५ विन्दाबासिनी बाहिनी मुख्यालय रुपन्देही बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक बिदुर खड्काले दोसल्ला ओढाई प्रशंसापत्र सहित सम्मान गर्नुभएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार