डा. लोक बहादुर लोप्चन बागमती प्रदेश प्रतिभा पुरस्कार-२०७९ बाट पुरस्कृत

उज्यालो प्रतिनिधि ३ श्रावण २०८०, बुधबार कला/साहित्य

काठमाडौँ । बहुभाषिक शिक्षा अनलाइनका प्रधान सम्पादक डा.लोकबहादुर लोप्चन भाषा र साहित्य विधातर्फ बागमती प्रदेशबाट प्रादेशिक प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक पुरस्कार २०७९ लाई यस वर्षको २१० औँ भानुजयन्तीको अवसर पारी नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा एक समारोह आयोजना गरी कार्यक्रमका प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीज्यूलगायत राज्यमन्त्री मा. शुशिला शेर्पाली ठकुरीसहितका विशिष्ट व्यक्तिहरूबाट माला, खादा लगाउँदै राष्ट्रिय पुरस्कार रू. १ लाख जनही र प्रादेशिक पुरस्कार रू. ५० हजार जनही प्रदान गरी पुरस्कृत गरिएको थियो ।

डा.लोप्चन नेपालमै पहिलो पटक वि.सं.२०७६ मा बहुभाषिक शिक्षा पत्रिका प्रकाशन गरेका थिए । तामाङ समुदायकै पहिलो जिल्ला शिक्षा अधिकारीसमेत रहेका लोप्चन हाल मण्डनदेउपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदमा कार्यरत छन् । यस अघि उनी भाषा आयोगमा ५ वर्षसम्म मातृभाषा शिक्षा शाखा प्रमुखको जिम्मेवारी लिँदै वि.सं.२०७८ सालमा भाषा आयोगमा का.मु.सचिव समेत भइसकेका छन् ।

भाषा आयोगको मातृभाषा शिक्षा शाखा प्रमुख हुँदा नै उत्कृष्ठ निजामति कर्मचारीका रूप इन्ट्रिग्रिटी आइकन २०२१ का बिजेता उनले नै भाषा आयोगको का.मु.सचिव रहँदा नेपालको लागि भाषा ऐनको मस्यौदा लेखन समिति गठन गरी ऐनको मस्यौदा तयार गरेका थिए । मण्डनदेउपुर नगरपालिकामा रहँदा उनले स्थानीय भाषा ऐन, सङ्ग्रहालय ऐन , प्रतिष्ठान समेत नेपालमै पहिलो पटक पारित गरी अन्य ४ पालिकाहरूमा समेत सहजीकरण गरी पारित गराई कार्यान्वयन गर्न पहल र प्रयास गरेका छन् ।

उनको दोर्जे सरको पदचाप नाटक कृति र गाइने दाइको सारङ्गीमा गीति सङ्ग्रह पनि प्रकाशित भने भाषा र शिक्षासम्बन्धी दर्जनौँ पुस्तक प्रकाशित छन् । अन्य अध्ययन, अनुसन्धान, सम्पादन र लेखहरू सयौँका संख्यामा पत्रपत्रिकाहरूमा छापिएका छन् ।

कार्यक्रममा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित पुरस्कार, गोपाल प्रसाद रिमाल पुरस्कार, इतिहास शिरोमण पुरस्कारसहितका पुरस्कारहरूबाट मुलुकका विभिन्न क्षेत्र र विधाका स्रष्टाहरूलाई पुरस्कृत गरिएको थियो । विभिन्न विधाका ४७ जना प्रतिभाहरूलाई पुरस्कृत र सम्मानित गरिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार