सीमा नाकाका अवरुद्ध सडक सुचारु गर्न खटिए सशस्त्र प्रहरी

उज्यालो प्रतिनिधि ३१ असार २०८०, आईतवार समाचार

देउखुरी । अविरल वर्षाका कारण भारतसंग सीमा नाका जोड्ने सडक अवरुद्ध हुदा सीमा नाकाको जनजीवन प्रभावित बनेको छ । राजमार्गदेखि सीमा नाका जोड्ने सडक खण्डमा ठाउँ–ठाउँमा ठूलो पहिरो गएको छ । बाढी पहिरोले पूर्णरूपमा सडक अवरुद्ध हुँदा यहाँको आवागमन बन्द छ । सडक अवरुद्ध हुदा भारतीय भुमिको पयोग गर्नुपर्ने बाध्यता सृजना हुनुकासाथै सडक अवरुद्धले स्थानीयको दैनिकी कष्टकर बनेको छ । सशस्त्र प्रहरीको निगरानीमा सीमा नाकाका सडक खुलाउने काम भइरहेको छ । सशस्त्र प्रहरी नेपाल नं। ५ विन्दाबासिनी बाहिनी मुख्यालय रुपन्देही बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक बिदुर खड्का, सशस्त्र प्रहरीका एसपी गोपाल श्रेष्ठ र पुरन भट्ट लगायतका सुरक्षा निकाय प्रमुख खटिएका छन् । सशस्त्र प्रहरीको सक्रियतामा सडक सुचारु गरिएको छ । केही स्थानमा बाटोको निसाना नै नभएकाले नयाँ बाटो खोल्ने काम भइरहेको छ । भारतसंग सीमा जोडिएको दाङको सीमा नाका क्षेत्रमा अवरुद्ध सडक सञ्चालन गर्न काममा सशस्त्र प्रहरी नै खटिएका छन् । असारको पहिलो सातादेखि लगातार परेको पानीका कारण अवरुद्ध सडक सशस्त्र प्रहरीले कुटोकोदालो लिएर सडक सञ्चालन गराउन खटिएका हुन् । नेपाल–भारत सीमा सडक ८५ किलोमिटरको दुरी रहेको छ ।

 

गढवा र राजपुर गाउँपालिकाका केही वडा सीमा नाकामा सडक सञ्जालले जोडिएका छन् । सडक अवरुद्ध हुँदा स्थानीयवासी दैनिक उपभोग्य सामग्री ल्याउन घण्टौ पैदल हिँडेर गाउँपालिका केन्द्र लगायत अन्य कामकाजका लागि बजार क्षेत्रमा पुग्न बाध्य छन् । बर्खे पानीका कारण भारतसंग सीमा जोडिएको जिल्लाका अधिकांश सडक अवरुद्ध बनेपछि सडक सञ्चालन गर्न धमाधम ग्राभेल हाल्ने, सडक सम्याउने, सडकमा खसेको पहिरो पन्छाउने काम भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्वालामाई गण भालुवाङ्का प्रमुख गोपाल श्रेष्ठले बताए । उनले भने,–। ‘गढवा गाउँपालिका वडा नम्बर २ भौरेसालनाका देखि पश्चिम भौवानाकासम्म अवरुद्ध सडक सञ्चालन गर्न काम सुरु भएको छ । बर्खामा पनि सीमा क्षेत्रमा नियमित रुपमा सवारी साधन संचालन हुनेगरी सडक सञ्चालन गर्न सशस्त्र प्रहरीले धमाधम काम सरु गरेका छन् । बर्खामा सडकमा परेका बाढी पहिरो सरसफाइ पनि तिब्र गतिमा भइरहेको छ ।’

बर्खामा सीमा नाका जोड्ने सडक सामान्य बिग्रँदा स्थानीय नाकाबासीहरुले निकै सास्ती खेप्दै आएका थिए । अव त्यो समस्या सशस्त्र प्रहरीले अन्त्य गर्छ । सशस्त्रले आफैँले सडक मर्मत गर्छ । यता सशस्त्र प्रहरी नेपाल नं. ५ विन्दाबासिनी बाहिनी मुख्यालय रुपन्देही बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक बिदुर खड्काले भातसंग सीमा जोडिएको जिल्लाका अधिकांश सडक बर्खामा नियमित रुपमा संचालन गर्न बिओपी प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । उनले सीमा नाकामा बसोबास गर्ने स्थानीयलाई बर्खाको समयमा पनि गाडीको सुविधा दिने गरी सडक मर्मत गर्ने काम भइरहेको बताउनुभयो । अवरुद्ध सडक सञ्चालन गर्ने र ग्राभेल हाल्ने काम भइरहेको बताए । उनले भने,–। ‘अहिले सीमा क्षेत्रमा रहेका सम्पूर्ण सशस्त्र प्रहरीको टोलीलाई फिल्डमा लगाएर सडक मर्मत गर्न गालेपछि गाउँमा फेरि गाडी सञ्चालन भएको छ । बालबालिकालाई विद्यालयसम्म आउनजान सहज हुने गरी समेत सडक जोडिदिएको छ ।’No description available.No description available.

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार