बारी छेउमै सिंचाई आयोजना आएपछि…‘लगानी अनुसारको उब्जनी हुने विश्वास’

शिवु खनाल ३ असार २०८०, आईतवार फोटो समाचार

देउखुरी । बर्षातमा पर्ने आकाशे पानीको भरमा खेती गर्नुपर्दा पर्याप्त पानीको अभावमा दुःख पाएको लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी निवासी हिमाकुमारी श्रेष्ठले बताए । उनले लगानी अनुसारको उब्जनी नभएको बताए। किसान श्रेष्ठले पन्ध्र कठ्ठा जग्गामा खेती गर्दै आउनु भएको छ । आकाशे वर्षाको भरमा सिँचाइमा निर्भर स्थानीय किसान अब विद्युत्बाट चल्ने डिप बोरिङ्ग मोटर गाउँमा आएपछि उत्साही भएका छन् । अहिले भने सिंचाइको पानीले नगदेबालीमा स्थानीयको आकर्षण बढ्ने विश्वास लिएको उनले बताए । वारी छेउमै सिंचाइ आयोजना आएपछि व्यावसायीक रुपमा आफ्नो बारीमा मटरकोसा, प्याज, लसुन र खुर्सानी खेती सुरुवात गर्ने उनले बताए । स्थानीय सरकारले सिंचाइको लागि ‘डिप बोरिङ मोटर’ वितरणले किसानलाई ठूलो राहत मिलेको सुनाए । उनले भने,–। ‘आकाशे पानीको मात्र भर पर्दा जहिले पनि तरकारीवारी सिंचाइ गर्ने पानीको अभाव हुन्थ्यो । सिंचाइ योजनाले गहुँबाली र धानवालीलगायत सबै तरकारीले सिंचाइ पाएकोमा खुशी लागेको छ ।’

त्यसैगरी, परम्परागत खेती गर्दै आएका लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी कै अर्का किसान तारा थापाले सिंचाइ आयोजना आएसँगै बारीमा तरकारी खेतीको सुरुवात गर्ने योजना अगाडि सारेको बताए । सिंचाइ योजनाले उनी जस्ता धेरै किसानलाई खेती गर्न सहयोग मिलेको छ । सिंचाइ योजनाकै कारण गाउँमा धान, गहुँ र मकैलगायत तरकारीवाली उत्पादनमा वृद्धि हुने र जिविकोपार्जनमा समेत टेवा पुग्ने विश्वास स्थानीय किसान तारा थापाले बताए । लमही नगरपालिका वडा नम्बर १ का विभिन्न गाउँमा धान, मकै, गहुँ, तोरी लगायतका विभिन्न बाली खेती हुने गरेको छ । बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध भएपछि किसानले व्यावसायिक तरकारी खेती गर्ने तयारी गरिरहेको लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी निवासी बिमला अधिकारीले बताए । उनले सिंचाईको सुविधा गाउँमा पुगेपछि बाह्रकठ्ठा बाझो जग्गामा व्यावसायीक खेती गर्ने बताए । उनले भने,–। ‘निर्वाहमुखी खेतीबाट व्यावसायिक खेतीतर्फ जाने सोचाइमा छु । स्थानीय सरकारले ल्याएको सिँचाइ परियोजनाले हामी किसानको जीवनस्तर उकास्ने आशा गरेका छौँ ।’

लमही नगरपालिका वडा नम्बर १ को वडा कार्यालयले किसानलाई निःशुल्क ‘डिप बोरिङ मोटर’ हस्तान्तर गरेको छ । आइतवार वडाध्यक्ष दामोदर पौडेलले राप्ती सामुहिक सिंचाइ एस।पि तीन लाख ५० हजार मुल्य बराबरको ३३ हर्षपावरको ‘डिप बोरिङ मोटर’ लमही नगरपालिका वडा नम्बर १ उपभोक्त समितिका अध्यक्ष मेघबहादुर बुढाथोकी सहित समितिलाई हस्तान्तरण गरेको हो । सिंचाईको सुविधाबाट एकसय ४१ घरधुरी लाभान्वित हुने भएका छन् ।

स्थानीय सरकारले गाउँगाउँमा सिँचाइ परियोजना लागू गर्ने र स्थानीयवासीको माग बढेपछि वडाभित्र विस्तार गर्न लागेको लमही नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष दामोदर पौडेलले बताए ।उनले नदी सिँचाइ प्रणालीले नछोएका र आकाशे पानीको भरमा खेती गरिरहेका किसानहरुलाई सिंचाईको पहुँचमा पु¥याउने उद्देश्यले वडाका विभिन्न गाउँमा यसै वर्षदेखि सिंचाईको सुविधा पु-याउन थालिएको बताए । उनले भन,–। ‘वडामा शतप्रतिशत अनुदानमा ‘डिप बोरिङ मोटर’ किसानलाई निःशुल्क वितरण गरेर करिब ५० हजार विघा जग्गामा बाह्रैमास सिँचाइ सुविधा पु-याइने स्थानीय सरकारको लक्ष्य रहेको छ ।’ ‘यो शतप्रतिशत अनुदानमा आधारित कार्यक्रम हो । यसमा किसानले केही पनि लगानी गर्नु पर्दैन । नदीको सिँचाइ नपुगेका उर्वर जग्गामा सिँचाइको सुविधा पु¥याएर कृषिको उत्पादकत्व बढाउन योगदान पु¥याउन स्थानीय सरकारले किसानका लागि यो कार्यक्रम ल्याएको हो ।’ यसले किसानलाई सामूहिक रुपमा सुविधा उपलब्ध गराउने भएकाले किसानको सहकार्य बलियो हुने देखिएको छ । स्थानीय सरकारका तर्फबाट ‘डिप बोरिङ मोटर’ वितरणपछि बिजुलीको सुविधा पु-याउने र खेतखेतमा पानी वितरणका लागि पाइप बिछ्याउने कार्य गरिने वडाध्यक्ष दामोदर पौडेलले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार