वालिङ । वालिङ नगरपालिकाकाे सरसफाइ केन्द्र तथा दिशाजन्य लेदाे व्यवस्थापनकाे अनुगमन गरिएको छ । लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी (सागर)काे नेतृत्वमा शुक्रबार अनुगमन गरिएको हाे । वालिङ नगरपालिकाकाे सरसफाइ केन्द्रका संयाेजक भुपराप काफ्लेले प्लानकाे बारेमा जानकारी गराउनु भएको थियोे ।
दिसाजन्य लेदो व्यवस्थापनको लागि दाङको लमही नगरपालिकामा ट्रिटमेन्ट प्लान्ट निर्माणको योजना रहेको छ । जस अन्तर्गत लमही नगरपालिकाले ट्रिटमेन्ट प्लान्ट निर्माण गर्न दुई करोड बजेट विनियोजन गरेको छ। लमही नगरपालिकाले ट्रिटमेन्ट प्लान्ट मार्फत लेदो व्यवस्थापनको काम अघि बढाउने लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी (सागर)ले बताए।
उनले प्लान्ट बनाउन जग्गाको खोजी गरिरहेका थियौं । अजम्मरी सामुदायिक वन क्षेत्रभित्र प्लान्ट निर्माण गर्ने तयारी भइरहेको छ । अब प्रभावकारी ढंगले दिसाजन्य लेदो व्यवस्थापन हुन्छ । डिपिआर तयार भएको छ । यस्तै अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन रिजालले विगत दशाै वर्षदेखि लमही नगरपालिकाले अव्यवस्थित रूपमा फाल्दै आएकाे फाेहाेरलाई यश वालिङ् नगरपालिकाले गरेको कार्यले थाेरै लागतमा माेहर बनाउन सकिने बताए
उनले याेजना हेर्दा वनजंगललाई खासै रूपमा असर नपर्ने, र पार्क रूपमा विकास सकिने बताउनुहुदैँ, जुन दिशाजन्य लेदाे र फाेहाेर प्रतिकाे हेर्ने दृष्टिकोण फरक पाइएकाे बताए । नितिगत प्रकृया पुर्याएर व्यवस्थापन गर्न जरुरी रहेको छ । यता लमही बजार टाेल विकास संस्थाका उपाध्यक्ष शसिराम नेपालीले फाेहाेरलाई माेहाेर बनाउनका लागि वालिङ् नगरपालिका सम्भवत नेपालमै नमुना काम गरेको पाएकाे बताए ।
उनले यसरी यस नगरपालिकाकाे फाेहाेर व्यवस्थापन तथा दिशाजन्य लेदाे व्यवस्थापन साच्चैनै उदाहरणीय कार्य हाे, याे कार्यलाई हेर्दा लमही नगरपालिकाले पनि सहजै रूपमा गर्न सक्छ । मानव बस्तीकाे नजिकै भएतापनि वालिङ नगरपालिकाले गरेको लेदाेजन्य व्यवस्थापनमा कुनै मानव स्वास्थ्यलाई असर नपर्ने अत्याधुनिक प्रविधिबाट लेदाेजन्य व्यवस्थापन गरिएकाे छ ।
लमहीले २०७५ पुस १० गते परियोजना सञ्चालनमा सम्झौता गरेको थियो ।ट्रिटमेन्ट प्लान्ट निर्माण भएमा दिसाजन्य फोहरलाई मलको रुपमा प्रयोग गर्न सकिने छ ।