उत्तरपश्चिम पाकिस्तानमा सडक दुर्घटनामा ८ जनाको मृत्यु, १२ घाइते

उज्यालो प्रतिनिधि २६ जेष्ठ २०८०, शुक्रबार विश्व

काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा बिहीबार यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । साथै सो दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।

प्रदेशको माथिल्लो दिरबाट चित्राल जिल्ला जाँदै गर्दा यात्रुवाहक गाडी खाडलमा खसेको उद्धार टोलीले जनाएको छ ।स्थानीयवासी र उद्धार टोलीले घटनास्थलमा पुगेर घाइते र शबलाई अस्पताल पुर्याएका थिए । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने चिकित्सकहरूले आशङ्का गरेका छन् ।सो गाडीमा चालकसहित २० जना सवार रहेको उद्धार टोलीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार