बजेट कार्यान्वयनमा सांसदको जोड

उज्यालो प्रतिनिधि २६ जेष्ठ २०८०, शुक्रबार समाचार
काठमाडौँ  । सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट असाध्यै महत्वाकांक्षी भएकाले कार्यान्वयनमा चुनौती रहेको टिप्पणी गरेको छ ।
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिने सांसदहरुले बजेट कार्यान्वयनका आधारबारे प्रश्न गरे ।
आजको बैठकमा बोल्ने अधिकांश सांसदले बजेटमा असार मसान्तदेखि नै प्रभावकारी अनुगमन गर्दै बजेट कार्यान्वयन गर्ने उल्लेख भए पनि कुन विधिद्वारा कार्यान्वयन गर्ने भन्नेमा सरकारले प्रष्ट पार्नुपर्ने बताए ।
सांसद जयन्ती राईले बजेटमा नयाँ विषय समावेश गरिएको, प्रगतिशील कार्यक्रम र विकासका योजना समेटिएको उल्लेख गर्दै जस्ताकोतस्तै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद कृष्णप्रसाद पौडेलले सुझबुझका साथ आम नेपालीको इच्छा, आकाङ्क्षा, आशा र भरोसा जित्ने बजेट आएको उल्लेख गर्दै बजेटलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गरेर जानुपर्ने बताए । “बजेटको कार्यान्वयन सही ढङ्गले होस्, आम नागरिकले यसको प्रतिफल प्राप्त गर्न सकून्”, उनले भने ।
सांसद जीतेन्द्रनारायण देवले नेपालको आर्थिक परिस्थितिको सन्दर्भमा बजेट सन्तुलित, व्यवहारिक र राष्ट्रहितमा केन्द्रित रहेको बताए । सांसद देवेन्द्र दाहालले बजेटमा सांसदले उठाएका विषय सम्बोधन गर्ने अवस्था नरहे बजेटमाथि छलफल गर्नुको अर्थ नभएको बताए ।
सांसद हरिराम चौधरीले अवैधानिक बाटोबाट वैदेशिक रोजगारीमा पुगेर अलपत्र परेका, मृत्यु भएका श्रमिकको उद्धारमा बजेटले ध्यान दिन नसकेको बताए ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार