स्वर्णिम क्याम्पसका विद्यार्थीलाई बैंकिङ साक्षरता सम्बन्धि अभिमुखिकरण कार्यक्रम प्रदान

शिवु खनाल २६ जेष्ठ २०८०, शुक्रबार समाचार

देउखुरी । देउखुरीको लमही स्थित रहेको स्वर्णिम क्याम्पसले विविएसमा अध्ययनरत विद्यार्थीहरुलाई एकदिने बैंकिङ साक्षरता सम्बन्धि अभिमुखिकरण कार्यक्रम प्रदान गरिएको छ ।

क्याम्पसले आफ्ना विद्यार्थीहरुलाई देशको बिग्रदो अर्थतन्त्रका बारेमा प्रशिक्षण दिएको हो । देशको वर्तमान अवस्थामा नेपालीले सामाना गर्नु परेको आर्थिक संकट र यो संकटबाट समग्र नेपाल र नेपालको अर्थतन्त्र प्रणालीलाई कसरी बचाउन सकिन्छ भन्ने बारेमा बैंकिङ साक्षरता सम्बन्धि ज्ञान प्रदान गरिएको स्वर्णिम क्याम्पसका सहायक क्याम्पस प्रमुख चिरञ्जीवी रिजालले जानकारी र्दि ।

बैंकिङ साक्षरता सम्बन्धि विषय नबिल बैंक लमहीका प्रमुख उत्सब श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो। स्वर्णिम क्याम्पसको शैक्षिक वार्षिक क्यालेन्डरका बारेमा स्वर्णिम क्याम्पसका सहायक क्याम्पस प्रमुख रिजालले प्रस्तुत गर्नु भएको थियो ।

गोरखा मोडेल सेकेण्डरी स्कुलका प्राचार्य तथा स्वर्णिम क्याम्पस संचालक समितिका सदस्य लोकमान रिजालले विद्यार्थीहरुसंग अन्तरक्रिया गर्दै क्याम्पसको पन्च वर्षीय योजना प्रस्तुत गर्नु भएको थियो। जसमा स्वर्णिम देउखुरी क्याम्पसले पाँच वर्ष भित्र क्युएए प्राप्त गर्ने र थप कार्यक्रमको रुपमा बिएचएम र बिबिएम भित्र्याउने लक्ष्य राखेको छ।

कार्यक्रममा एक सय बयालीस जना छात्र तथा छात्राको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन ब्यवस्थापन संकाय प्रमुख प्रकाश वलीले गर्नु भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार