गर्मीमा धेरै अदुवा खानु हुन सक्छ हानिकारक

एजेन्सी । अदुवा एकदमै गर्मी गर्ने चिज हो त्यसैले गर्मी मौसममा यसको धेरै सेवन गर्नु त्यति उचित हुँदैन ।यस मौसममा अदुवाको अत्यधिक सेवन गर्दा स्वास्थ्य सम्बन्धी समस्याहरुको कारण बन्न सक्छ । आउनुहोस् जानौं गर्मीमा अदुवाको अत्यधिक सेवन गर्दा हुने बेफाइदाहरुका बारेमा–

– गर्मीमा धेरै अदुवा खानाले पखाला लाग्ने समस्या हुन सक्छ । गर्मीमा अदुवा सीमित मात्रामा सेवन गर्नुपर्दछ ।

– अदुवामा कैयौं त्यस्ता कम्पाउन्डहरु पाइन्छन्, जसले दिशालाई साह्रो बनाउने गर्दछ । गर्मीमा अदुवाको अत्यधिक सेवन गर्नाले कब्जियतको समस्या पनि हुन सक्छ ।

– अदुवा आफैमा गर्मी गर्ने फल भएकाले यो एकदमै एसिडिक पनि हुन्छ । गर्मीमा यसको अत्यधिक सेवन गर्नाले मुटु पोल्ने, ग्यास आदि समस्या हुन सक्छन् ।

– गर्मीमा गर्भधारण गर्ने महिलाहरुका लागि पनि अदुवा नोक्सानदायक हुन सक्छ । अदुवाको अत्यधिक सेवनले गर्भवती महिलालाई वान्ता हुने वा वाकवाकी हुने समस्या हुन सक्छ ।

– त्यस्तै गर्मीमा महिलाहरुका लागि अदुवा हानिकारक हुन सक्छ । यसको धेरै सेवन गरेमा महिनावारीको बेला अत्यधिक रक्तश्राव हुने सम्भावना बढ्छ ।

– गर्मीमा अदुवा भएको चियाको पिउन बाट पनि बच्नु पर्दछ । अदुवा चिया अत्यधि पिउँदा अनिद्रा तथा टाउको दुख्ने समस्या आउन सक्छ ।
– यस मौसममा तापक्रम पनि अत्यधिक बढ्ने भएका लागि मानिसको रक्तचाप पनि अनियन्त्रित हुने गर्दछ । अदुवाको सेवनले पनि रक्तचापमा प्रभाव पार्न सक्छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार