जनज्योति मावि बेलाका शिक्षक तथा पत्रकार यादवमाथी कुटपिट

शिवु खनाल २३ जेष्ठ २०८०, मंगलवार समाचार

देउखुरी । दाङको राजपुर गाउँपलिका वडा नम्बर २ मा रहेको जनज्योति माध्यामिक विद्यालय बेलाका शिक्षक तथा सिस्ने अनलाइनका पत्रकार एवम् विद्यालयका सुचना अधिकारी श्रवण कुमार यादव माथी कुटपिट भएको छ ।

पिडित यादवले दिएको जानकारी अनुशार राजपुर गाउँपालिका(२ बेलाका स्थानीय आनन्द अधिकारी र त्रिलोक कार्कीले विद्यालयको मुख्य द्वारको ताला फोडेर विद्यालय परिसरमा प्रवेश गरि हेड सर खै भन्दै सोधपुछ गरे, हेड सर विद्यालयमा नभएपछि अन्य शिक्षकहरुलाई गाली गलौच गर्न शुरु गरे । लगत्तै त्यहाँ भएका अभिलेख बोर्ड तोडफोडमा उत्रिएका थिए ।

अधिकारी र कार्कीले विद्यालयकी शिक्षिका राधा खनाल माथी पनि हातपात गर्न खोजेका थिए, त्यति बेला मैले भिडियो गराउन लागेको देखेर मोबाईल खोसेर लगे अनि म र शिवदेब यादवलाई कुटपिट गरेु( यादवले भने ।

गुण्डागिरी शैलीमा विद्यालय भित्र प्रवेश गरि विध्वंस मच्च्याई रहेका बेला विद्यालयका अन्य स्टाफहरु र विद्यार्थी जम्मा भएपछि उनिहरु ढुंगा मुढा गर्दै निस्किएका थिए ।

अधिकारी र कार्कीले आफुहरुलाई के कति कारणले आक्रमण गरे आफुहरुलाई कुनै जानकारी नभएको शिक्षक यादवले बताए। पिडितहरुले अनाहकमा विद्यालयमा प्रवेश गरि आफुहरुमाथी आक्रमण गर्नेहरुलाई पक्राउ गरि कानूनी कारबाही गर्न जोडदार माग गर्नु भएको छ ।।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार