नेप्सेमा दोहोरो अङ्कको गिरावट

उज्यालो प्रतिनिधि २२ जेष्ठ २०८०, सोमबार अर्थ
काठमाडौँ   ।   यो साता कारोबारको पहिलो दिन आइतबार ५० अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचकमा दोस्रो दिन आज भने दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय ०१ दशमलव ९९ अङ्कमा कायम भएको हो ।
  आज दुई सय ७७ कम्पनीको ५६ लाख २० हजार तीन सय ८१ कित्ता शेयर ३६ हजार पाँच सय ६८ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार एक सय सात बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय २४ दशमलव १४ र उत्पादन तथा प्रशोधन समूह एक सय २१ दशमभलव ३० अङ्कले घटेको छ । बैंकिङ समूह नौ दशमलव १६, विकास बैंक ५० दशमलव ९५, वित्त १७ दशमलव ३९, होटल तथा पर्यटन ३२ दशमलव ०१, जलविद्युत् ११ दशमलव ५१ र लगानी समूह शून्य दशमलव ५४ अङ्कले घटेको छ ।
त्यसैगरी, लघुवित्त समूह १८ दशमलव ६४, म्युचुअल फन्ड शून्य दशमलव ०३, निर्जीवन बीमा समूह ५७ दशमलव ०६, व्यापार समूह ३६ दशमलव ९४ र अन्य समूह २० दशमलव ६३ अङ्कले घटेको छ ।
ग्लोबल आइएमइ ब्यालेन्स्ड फन्ड–१ को शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ०२ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने शिवम् सिमेन्ट लिमिटेडको शेयर मूल्य चार दशमलव ५० प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको रू १९ करोड ८९ लाख ५६ हजार तीन सय ५३ बराबरको चार लाख १४ हजार छ सय १६ कित्ता शेयर किनबेच भएको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार