देउखुरी । विद्यार्थीहरुले सामुदायिक वनमा वृक्षारोपन गरि विश्व वातावरण दिवस मनाएका छन् । लमहीको स्वर्णिम देउखुरी क्याम्पस र गोरखा मोर्डन सेकेण्डरी विद्यालयका विद्यार्थीहरुले प्रभातफेरी पश्चात् लमही नगरपालिका वडा नम्बर ५ अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्धारा संचालित जैविक विविधिता ग्रिन पार्कमा विभिन्न जातका विरुवाहरु रोपेर विश्व वातावरण दिवस मनाएका हुन् ।
विद्यार्थीहरूलाई वातावरण प्रति सजग बनाउनको लागि यो सन्देश दिन खोजिएको हो विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले बताए । बिग्रँदो वातावरणीय अवस्था र यसले गर्दा उत्पन्न चुनौती को सामना गर्न र जागरूक बनाउन यो कार्यक्रमको आयोजना गरेका हौँ, प्रधानाध्यापक रिजालले भने ।
अजम्मरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पवन शर्मा रिजालको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा आइतवार लमहीमा विश्व वातावरण दिवसको अवसरमा वातावरण प्रदुषण हुनबाट रोक्न विभिन्न खाले सचेतना प्लेकार्ड सहित गोरखा मोडेल सेकेण्डरी स्कुल, स्वर्णिम देउखुरी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थिए ।