जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा

उज्यालो प्रतिनिधि २० जेष्ठ २०८०, शनिबार समाचार

जुम्ला । जुम्लामा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आएको छ । यहाँ ज्वरोबाट एक जनाको मृत्यु भएको छ भने अरु कैयौँ बिरामी छन् ।

जिल्लाको विशेष गरी कनकासुन्दरी गाउँपालिका–७ स्थित देयारपाटामा यसको प्रकोप बढी मात्रामा देखिएको थियो । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी प्रेमबहादुर सुमाइले सो स्थानका ६१ वर्षीय दिपु उपाध्याको भाइरल ज्वरोबाट मृत्यु भएको जानकारी दिएको छ ।

सो क्षेत्रमा भाइरल ज्वरोले ५३ बिरामी परेका र वडाका स्थानीयवासीको उपचारका लागि जनस्वास्थ्य कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली त्यहाँ पुगेको छ । उपचारपछि अहिले सबैको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए । उनका अनुसार अहिले ज्वरो नियन्त्रणमा आएको छ । सूचना अधिकारी सुमाइले बिरामी परेका ५३ जनामध्ये आठको अवस्था गम्भीर रहेको र तीमध्येका दुई जनालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

उपचारपछि स्थानीयवासीको स्वास्थ्यमा सुधार आएको र बिरामीको अवस्था पनि सामान्य बन्दै गएको बताइएको छ । उनीहरुलाई ज्वरो आउनुका साथै आँखा, टाउको र घाँटी दुख्ने जस्ता लक्षण देखा परेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी सुमाइको भनाइ छ । उक्त वडामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा विशाल रोकायासहित जनस्वास्थ्य कार्यालयका चार जना स्वास्थ्यकर्मी परिचालन गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

कनकासुन्दरीको वडा नं ७ मा एक सय १५ घरधुरी छन् । प्रत्येकको घरघरमै पुगेर स्वास्थ्यकर्मीले उपचार सेवा दिएका कनकासुन्दरी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार