बजेट सकारात्मक : व्यवसायी महासङ्घ

उज्यालो प्रतिनिधि १७ जेष्ठ २०८०, बुधबार फोटो समाचार

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आर्थिक वर्ष २०८०र८१ बजेट निजी क्षेत्रको मनोबल बढाउने खालको आएकाले सकारात्मक भएको बताएको छ । महासङ्घका अध्यक्ष कुमार कार्कीले आज एक विज्ञप्ती जारी गरी वजेटमा निजीक्षेत्रको मनोबल बढाउने योजना ल्याएकाले सकारात्मक रहेको बताएको हो ।

“चालु आवमा समग्रमा दुई दशमलव १६ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने देखिएकोमा आगामी आवमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य निकै महत्वकाङ्क्षी योजना रहेको देखिन्छ,”– अध्यक्ष कार्कीले भने ।

महासङ्घले सरकारले आगामी आवका लागि प्रस्तुत गरेको रु १७ खर्ब ५१ अर्व ३१ करोडको बजेट ठूलो आकारको रहेको भन्दै बजेटमा प्रस्तुत गरिएका स्रोतहरु आँफैमा सुनिश्चित हुन नसकेमा कार्यान्वयन पाटो चुनौतीपूर्ण हुने देखिएको बताएको छ ।

अध्यक्ष कार्कीले कोरोना महामारीबाट थला परेको नेपालको अर्थतन्त्रको शिथिलता र आर्थिक मन्दिलाई आगामी बजेटले पर्याप्त मात्रामा सम्बोधन गर्न नसकेको बताए। बजेटले इन्भेस्टमेन्ट पोर्टल अद्यावधिक, निर्यातमा इकमर्सलाई बढावा दिने, करार खेतीलगायत कृषि क्षेत्रको आधुनिकीकरण गर्ने, ढुङ्गा गिटी निकासी खुलाउने जस्ता व्यवस्थाले अर्थतन्त्रमा सकारात्मक दिशामा लैजाने महासङ्घले बताएको छ ।

बजेटमा लामो समयदेखि बन्द रहेका जग्गाको कित्ताकाट फुकुवा गरिनु सकारात्मक भए पनि अनुमति प्राप्त ब्रोकरमार्फत घर जग्गा बेचविखन गरिने व्यवस्था राम्रो नभएको महासङ्घले बताएको छ । रु एक सयमा नै अनलाइनमार्फत कम्पनी दर्ता तथा खारेज एवम् पुँजी वृद्धि गर्दा दस्तुर नलाग्ने व्यवस्था सकारात्मक रहेको अध्यक्ष कार्कीको भनाइ छ ।

महासङ्घले सन् २०२३ देखि २०३३ सम्मलाई पर्यटन दशक घोषणा एवं आगामी वर्ष लगानी सम्मेलन गर्ने कार्यक्रमले लगानीमैत्री वातावरण सिर्जना गर्ने अवस्था आएको बताएको छ । अध्यक्ष कार्कीले नेपालीसँग सामान किन्ने विदेशी परियोजनालाई भ्याट फिर्ता दिने घोषणा, एक करोडसम्म टर्नओभर भएका कम्पनी÷फर्मलाई ४–४ महिनामा भ्याट तिर्ने व्यवस्था, अनलाईनबाट भन्सारमा डकुमेन्ट पेस गर्न पाउने सुविधा र भन्सार प्रयोगशालाको सुधार योजनाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार