ढुङ्गागिटी र बालुवा निकासी नीतिप्रति शान्ति समाजको असन्तुष्टि

उज्यालो प्रतिनिधि १७ जेष्ठ २०८०, बुधबार समाचार

काठमाडौँ । ढुङ्गागिटी र बालुवा निकासीका लागि सरकारले अवलम्बन गर्न लागेको नीतिको मानव अधिकार तथा शान्ति समाजले असन्तुष्टि जनाएको छ ।

चुरेको अत्याधिक दोहन गरेर ढुङ्गा, गिट्टी, बालुवा निकाल्नु भनेको तराईलाई मरुभूमिकरणतर्फ धकेल्नु हो भन्ने धारणा शान्ति समाजले व्यक्त गर्दै आएको छ ।

ढुङ्गा गिटी निकासीको योजना पर्यावरणीय सन्तुलनका हिसाबले झनै आपत्तिजनक भएको भन्दै त्यस्तो नीति खारेज गर्न शान्ति समाजले सरकारलाई आग्रह गरेको महासचिव रेनुका पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लोकतान्त्रिक गणतन्त्रको मूल्यअनुरूप आचरण गर्न आह्वानसहित मानव अधिकार शान्ति समाजले २२ जिल्लामा दीप प्रज्वलन, चियापानलगायत कार्यक्रम गरी सोह्राँै गणतन्त्र दिवस मनाएको छ ।

‘नक्कली भूटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर’, तीन तहको सरकार ः सुशासन, पारदर्शीता र जवाफदेहिता सुनिश्चित गर’ भन्दै शान्ति समाजका चितवन, काठमाडौँ, नवलपुर, कास्की, मोरङ, दाङ, बागलुङ, कैलाली, पाल्पा, महोत्तरी, रुपन्देही, नुवाकोट, सुर्खेत, पर्सा, झापा, अछाम, सुनसरी, तेह्रथुम, सङ्खुवासभा, बाँके, गुल्मी र इलाम जिल्ला शाखाद्वारा कार्यक्रम गरिएको विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार