पर्याप्त सुत्नुका यस्ता छन् सात फाइदा

काठमाडौँ । स्वस्थ रहन पर्याप्त सुत्नु अति आवश्यक छ । शारिरीक व्यायाम र सन्तुलित भोजनले स्वस्थ रहनमा सहयोग गरेझैँ पर्याप्त सुताईले पनि मुटुरोग तथा मानसिक रोगजस्ता रोगको जोखिम कम गराउँछ ।पछिल्लो समय भइरहेको तीव्र विकाससँगै मानिसमा निद्राको कमी हुँदै गइरहेको तथ्यहरू बाहिर आएका छन् । त्यसले मानसिक तथा शारिरीक स्वास्थ्यमा नकारात्मक असर परेको विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले पर्याप्त सुत्न अति जरुरी छ । यहाँ सुत्नुका विभिन्न फाइदा तल दिइएका  छन् :

स्मरण क्षमतामा थप मजबुती 
सन् २०१७ मा गरिएको एक अध्ययनले सुताई दिमागको विभिन्न कार्यसँग जोडिएको छ । अध्ययनअनुसार सुताईमा गडबडी हुँदा स्मरण क्षमतामा ह्रास आउँछ । त्यस्तै सुताई कम हुँदा काम गर्ने क्षमता र ऊर्जामा पनि ह्रास आउँछ । पर्याप्त ननिनाउँदा काममा एकाग्रता हुन नसक्ने, निर्णय क्षमता नहुने, जिम्मेवारी लिन नसक्ने लगायतका समस्या हुन्छन् ।

मोटोपनको जोखिम न्यून
कम सुताई र मोटोपनबारे थुप्रै अध्ययनहरू भएका छन् । यद्यपि अझै पूर्ण अध्ययन चासिँ भइसकेको छैन । हालसम्म प्राप्त नतिजाअनुसार नियमित रूपमा सात घण्टाभन्दा कम सुत्ने व्यक्तिमा मोटोपन हुने जोखिम बढी हुन्छ । अनुसन्धानकर्ताहरूले सुताई र भोक लगाउने हर्मोनबीच सम्बन्ध रहेको बताएका छन् । राम्रोसँग सुत्दा क्यालोरी व्यवस्थापन पनि शरीरले राम्रोसँग गर्छ । २०२२ मा गरिएको एक परीक्षणअनुसार मोटोपन भएका व्यक्तिले सुताई अवधि बढाउँदा कम क्यालोरी खर्च भएको थियो । त्यसैले अनुसन्धानकर्ताहरूले वजन घटाउन वा मोटापन हुनबाट जोगिन उमेर समूहअनुसार पर्याप्त सुत्न सुझाएका छन् ।

खेलाडीको खेल प्रदर्शनमा थप सुधार
पछिल्लो एक अध्ययनले खेलाडीहरू सामान्य मानिसभन्दा बढी सुत्नुपर्ने देखाएको छ । सुताईले खेलाडीको खेल प्रदर्शनमा थप निखारता ल्याउने देखिएको हो । पर्याप्त सुताईले थप ऊर्जा दिने, सहनशीलता, एकाग्रता बढाउने, सही समयमा सही निर्णय लिन सक्ने, दिमागले थप राम्रो र तीक्ष्ण कार्य गर्ने जस्ता फाइदा गराउँछन् । यी कुरा खेलाडीका लागि आवश्यक हुन्छन् ।

मुटुरोगको जोखिम कम
राम्रो र पर्याप्त सुताईले मुटुरोगको जोखिम कम गराउँछ । उच्च रक्तचाप मुटुरोग एक कारक हो । पर्याप्त सुताईले उच्च रक्तचाप हुने जोखिम कम गराउने अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी०ले जनाएको छ ।

थप संवेदनशील र भद्र बनाउँछ
सुताईले मानिसलाई थप संवेदनशील र भद्र व्यक्ति बनाउने अध्ययनले देखाएको छ । कम सुत्ने व्यक्तिमा अरूको भावना बुझ्ने क्षमता कम हुन्छ । सन् २०२२ मा ४७७ जनामा गरिएको एक अध्ययनअनुसार बढी सुत्ने व्यक्तिमा अरूको भावना बुझ्ने क्षमता बढी भएको देखिएको थियो । साथै उनीहरू सामाजिक कार्यमा पनि पर्याप्त संलग्न भएको देखिएको थियो । उनीहरूले आफ्ना सम्बन्धहरू पनि राम्रोसँग कायम गरेको, आफ्नो भावना तथा आवेगमा नियन्त्रण कायम गरेको देखिएको थियो ।

डिप्रेसनको रोकथाम
पर्याप्त ननिदाउँदा मन स्थिर हुँदैन । मन यताउता भइरहने, यो वा त्यो काम गरौँ हुने, लघुताभाष हुने जस्ता समस्या पर्याप्त सुताई नहुँदा हुन्छन् । त्यसरी मनलाई स्थिर गर्न नसक्नु डिप्रेसनको लक्षण हो ।

प्रतिरोधात्मक क्षमता बलियो
सुताईले शरीरलाई ‘मर्मत’, ‘पुनः उत्पन्न’ तथा ‘पुनः प्राप्त’ गराउँछ । प्रतिरोधात्मक क्षमतामा पनि यो लागू हुन्छ । अध्ययनअनुसार गहिरो निद्राको निदाइले शरीरलाई थप मजबुत बनाउँछ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
यद्यपि यस विषयमा थप अध्ययन भने गर्न जरुरी रहेको छ ।

कुन उमेर समूहका कति सत्नुपर्छ ?
हरेक व्यक्तिको सुताई फरक हुनसक्छ । नेपालमा कतिपय वयस्क र वृद्धवृद्धाले आफू ४–५ घण्टा मात्र सुत्ने गरेको बताइरहेका हुन्छन् । वास्तवमा कुन उमेर समूहका व्यक्ति कति घण्टा सुत्दा राम्रो हुन्छ त रु, सीडीसीले यसबारे बताएको छस्
०–३ महिना – १४–१७ घण्टा
४–१२ महिना – १२–१६ घण्टा
१–२ वर्ष – ११–१४ घण्टा
३–५ वर्ष – १०–१३ घण्टा
६–१२ वर्ष – ९–१२ घण्टा
१३–१८ वर्ष – ८–१० घण्टा
१८–६० वर्ष – ७ घण्टा
६१–६४ वर्ष – ७–९ घण्टा
६५ वर्षभन्दा माथि – ७–८ घण्टा

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार