कार्यविधिमाथि छलफल

उज्यालो प्रतिनिधि १६ जेष्ठ २०८०, मंगलवार फोटो समाचार

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समितिको प्रस्तावित कार्यविधिमाथि छलफल गरेको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैaठकले प्रस्तावित कार्यविधिमाथि छलफल गर्दै आगामी बैठकमा पेश गर्ने निर्णय गरेको समितिका उपसचिव पुष्पप्रकाश खनालले जानकारी दिए । “प्रस्तावित कार्यविधिमाथि संशोधन गर्नुपर्ने देखियो । प्रत्येक दलबाट एक–एक जना समिति सदस्य मिलेर कार्यविधिलाई टुङ्ग्याउछ”, उनले भने, “अर्को बैठकमा टुङ्ग्याइएको कार्यविधि पेश गरेर पारित हुन्छ ।”

उनका अनुसार अर्को बैठक यही जेठ १८ गते र पूर्ण बैठक यही जेठ २१ गते बस्ने छ । ज्येष्ठ सदस्य कालुराम राईको अध्यक्षमा बैठक बसेको थियो । समितिको कार्यक्षेत्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार