देउखुरी । लमही नगरपालिका वडा नम्बर ४ स्थित बुट्कहावा–सेम्रवा राप्ती घाटको नर्सरीमा अबैध रुपमा डम्पिङ गरि राखेको ५९४ घन मिटर ढुंगा नगरपालिकाले जफत गरेको छ । शनिबार लमही नगरपालिकाका उप–प्रमुख लक्ष्मी योगीको नेतृत्वमा गएको अनुगमन टोलीले राजश्व छलि राप्ती नदीबाट अबैध तरिकाले डम्पिङ गरेर राखेको नदिजन्य पदार्थ ढुंगा नापजाँच गरि नगरपालिकाले जफत गरेको उपप्रमुख योगीले बताए । समयमै नदिजन्य पदार्थको ठेक्का लगाउन नसक्दा राप्ती नदिमा बदमासी भएको छ, यो कुरा सबैलाई जग जाहेर नै छ, नगरपालिकाको क्षेत्र भित्र जहाँ बदमासी भएको देख्नु हुन्छ मलाई जानकारी गराउनुस म कानूनी दायरामा लिएर कारबाही गर्छौँ ।
उनले भने,–। ‘नगरपालिका र प्रशासनको आँखा छलेर राज्यलाई करोडौंको कर छली गर्दै अबैध ब्यापार गर्न कसैलाई छुट नभएको उनको भनाई छ ।’ उपप्रमुख योगी भने,–। ‘अनुमगन मात्र हैन, हामी कार्यान्वयन पनि गर्छौं, हामीले यसरी राप्ती नदीमा अनुमगन गर्दै गर्दा अबैध रुपमा काम गरिरहेका ट्याक्टर, टिप्पर, जेसिवी लगायत नियन्त्रणमा लिएर राजश्व अशुल पनि गरेका छौं, जसले गर्दा राज्यलाई लाखौँ रुपैयाँ फाइदा भएको छ, यो अभियान रोकिन्न हामी निरन्तर फिल्डमा खटी रहन्छौ ।’
अनियमित उत्खनन्मा कडाई गर्दै नगरपालिका
नदीजन्य पदार्थको अनियमित उत्खनन् र निकासीमा कडाइ गरिएको छ । अनियन्त्रित रुपमा सञ्चालित बालुवा, ढुङ्गा र गिट्टी उद्योगका कारण वातावरणमा प्रतिकूल प्रभाव परिरहेको भन्दै लमही नगरपालिकाले विशेष कार्यदल बनाएर कडाइ शुरु गरेको लमही नगरपालिका उप–प्रमुख लक्ष्मी योगीले बताए । नगरपालिकाले अवैध रुपमा बालुवा, ढुङ्गा र गिट्टी उत्खनन् नगर्न नचलाउन पटकपटक सूचना जारी गर्दै त्यस्तो गरेको भटिएमा सबै सरसामान नियन्त्रणमा लिने र सञ्चालकलाई कानूनी कारवाही गर्ने जनाएको छ । त्यस्ता उद्योग बन्द गराइएपनि अझै पनि केही खानी सञ्चालनमा रहेको सूचना आएकाले निगरानी गरी कारवाही शुरु गरेको हो । राप्ती नदी क्षेत्रमा समेत अवैध रुपमा बालुवा प्रशोधन र आसपासको क्षेत्रमा वातावरणीय परीक्षणविना बालुवा, ढुङ्गा र गिट्टी उत्खनन् भइरहको छ ।
अबैध ढुवानी गर्दै गरेका ३ वटा ट्याक्टर नियन्त्रण
शनिबार अनुमगमन गएको टोलीले लमही नगरपालिका वडा नम्बर २ को छिगटपुर घाटबाट अबैध उत्खनन गर्ने ती वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । राप्ती नदीबाट अबैध तरिकाले गिट्टी बालुवा ल्याउँदै गरेका रा १ त ३८०६, रा १ त ४०७३ र रा १ त ४२१९ नम्बरका ट्याक्टरलाई नियन्त्रणमा ल्याईएको हो । त्यस्तै सोहि घाटमा तटबन्धनको काम गर्दै गरेको एक कन्ट्रक्सन कम्पनीको काम रोकेको छ । उक्त कम्पनीले प्रयोग गरेको कच्चा पदार्थको नगरपालिकामा राजश्व नतिरेको भन्दै काम रोक्नु परेको लमही नगरपालिकाका इञ्जिनिएर सौगात ओलीले जानकारी दिए।