विश्वकप छनोट खेल्ने अमेरिकाको टोली घोषणा

उज्यालो प्रतिनिधि १२ जेष्ठ २०८०, शुक्रबार खेल

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । अमेरिकाले मोनांक पटेलको कप्तानीमा आगमी महिना जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने टोली घोषणा गरेको छ।

२२ वर्षीय युवा बायाँ हाते तीव्र गतिका बलर अभिषेक परादकार टोलीमा दुई वर्षपछि फर्किएका छन् । अमेरिका स्टार अलराउन्डर इयान होलान्डले भने विश्वकप छनोट नखेल्ने भएका छन् । उनी काउन्ट्री च्याम्पियनसिपको कारण अमेरिका टोलीमा उपलब्ध नहुने भएका छन् ।

होलान्डले ह्याम्पाशायरबाट काउन्ट्री खेल्दै आएका छन् । उनले १५ ओडिआई खेलमा १९ विकेट लिनुको साथै २ अर्धशतकका साथ ३ सय ६८ रन बनाएका छन् । उनले ६५ प्रथम श्रेणी खेलमा ३ शतक र १२ अर्धशतकसहित कुल २ हजार ४ सय २८ रन बनाउनुको साथै ८६ विकेट लिएका छन् । उनी नहुँदा टोली सन्तुलनमा केहि असर पर्नसक्छ।

त्यस्तै प्रतिबन्धका कारण तीव्र गतिका बलर अली खानले सुरुवाती दुई खेल नेपाल र वेस्टइन्डिजसँगको खेल खेल्न पाउने छैनन् । अघिल्लो महिना प्लेअफ क्वालिफायरमा जर्सीका खेलाडीविरुद्ध खेल भावनाविपरित व्यवहार गरेपछि प्रतिबन्धमा परेका थिए । २४ महिना भीत्र ४ डेमिलिट प्वाइन्टका कारण अली खानले दुई खेल प्रतिबन्ध खेप्नु परेको थियो ।

अमेरिका, नेपाल, वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, युएई र ओमान छन् । प्रतियोगिता जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ । शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् ।

सुपर सिक्समा हरेक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउँदै विश्वकप खेल्नेछन् । अमेरिका आइसिसी विश्वकप लिग–२ मा पाँचौं स्थानमा रहँदै प्लेअफ क्वालिफायर खेलेको थियो । प्लेअफ क्वालिफायरमा उपाधि जित्दै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

अमेरिका टोली स्

मोनांक पटेल ९कप्तान तथा विकेटकिपर०, आरोन जोन्स९उपकप्तान०, शयान जहाँगिर, नोस्थुश केंजिगे, अली खान, सुशान्त मोदानी, साई मुकामल्ला, सौरभ नेत्रवालकर, अभिषेक परादकर, निसर्ग पटेल, कायल फिलिप, उस्मान रफिक, गजानन्द सिंह, जेसी सिंह र स्टिभ टेलर ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार