सरकारको नीति तथा कार्यक्रममा जनतालाई झुक्याउने विषय छैन – सांसद दोङ

उज्यालो प्रतिनिधि १० जेष्ठ २०८०, बुधबार मुख्य नेटवर्क

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ लालध्वजले सरकारले सार्वजनिक गरेको निति तथा कार्यक्रममा जनतालाई झुक्याउने कुनै विषय नरहेको बताएका छन् ।

आज दोङले सदनमा सरकारको नीति तथा कार्यक्रमको विषयमा बोल्दै यसअघिका सरकारले जसरी यस पटक सरकारको कार्यक्रममा जनतालाई भ्रमित वा नाटकीय कुरा कुनै समाबेश नभएको र आजको आवश्यकतालाई मध्यनजर गर्दै भूई मान्छेहरुको अवाजलाई समेत सम्बोधन हुनेगरी कार्यक्रम आएकाले कुनै संकोच नमानि कार्यक्रम पास गरी राष्ट्रिय सहमतिको दिशामा देश लानुपर्ने बताए ।

उनले भने केही प्रतिपक्षका सांसदहरुले नीति तथा कार्यक्रम पुनः लेख्नु पर्ने धारणा राखेको पनि पाए । केपी ओलीले जसरी बिना बजेटको सडक उद्घाटन गरेन भनेर ? समुन्द्र नभएको देशमा पानी जहाज कुदाएन भनेर ? लिग नभएको ठाउमा रेल कुदाएन भनेर ? हैन भने किन पुनर्लेखन गर्ने ? त्यसैले विरोधका लागि विरोध मात्रै गर्ने काम हामीबाट नहोस् ।

कार्यक्रममा जनयुद्ध शब्द राखेको विषयमा एमालेका केही सांसदहरुले विरोध गरेको कुराको समेत स्मरण गर्दै जनयुद्धको कारण संघीय गणतन्त्र स्थापना भएको, गणतन्त्र भएकै कारण वाक स्वतन्त्रता स्थापित भएकाले जनयुद्धको देनलाई कसैले बिर्सना नहुने बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार