गल्याङ–बज्रे सडक कालोपत्रे हुँदै

उज्यालो प्रतिनिधि १० जेष्ठ २०८०, बुधबार समाचार
गल्याङ  ।  साँघुरो बाटोमा धुलोमैलो र हिलोका कारण आवागमनमा सास्ती भोग्दै आएका यहाँका स्थानीय पक्की बाटो बन्ने भएपछि खुसी भएका छन् । स्याङ्जाको गल्याङ बजारदेखि गल्याङ नगरपालिका–११, ८, ९, र १० जाने प्रमुख नाका गल्याङ–बज्रे सडक कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय खुसी भएका हुन् ।
गल्याङ नगरपालिकाकोे रू दुई करोड एक लाख ९२ हजार पाँच सय २३ र सङ्घीय सरकारको रू दुई करोड गरी कुल रू चार करोड एक लाख ९२ हजार पाँच सय २३ मा गल्याङ–बज्रे सडक कालोपत्रे हुन लागेको नगरपालिकाका प्राविधिक शाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिए । वालिङस्थित निर्माण कम्पनी विकेक एण्ड कुवेर विल्डर्स प्रालिले कालोपत्रका नगरपालिकासँग ठेक्का सम्झौता गरी काम अगाडि बढाएको उनले बताए ।
  पौडेलका अनुसार सोही बजेटभित्र दुई हजार पाँच सय मिटर सडक कालोपत्रे, वाल उठाउने, नाली काट्ने, नाली बनाउने, होमपाईप राख्ने, कल्भर्ट बनाउनेलगायत काम गरिनेछ ।
नगरप्रमुख गुरुप्रसाद भट्टराईले यस आयोजनाबाट करिब आठ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । बाटोको असुविधाले गर्दा किसानले उत्पादन गरेका दुध, खसिबोका, गाईभइँसी, राँगा, कुखुरा, अन्नबाली, तरकारी निर्यातमा समस्या हुँदै आएकामा कालोपत्रपछि उत्पादित सामान निर्यातमा समस्या नहुने उहाँको भनाइ थियो । उनले सडक सुविधा सहज भए समान ढुवानी गर्न सजिलो हुने र ढुवानी लागत पनि घट्ने बताए ।
निर्माण कम्पनीका सञ्चालक कुवेर तिवारीले गत कात्तिकदेखि सुरु भएको काम वर्षाले दुःख नदिए असार मसान्तसम्म सक्ने लक्ष्य रहेको जानकारी दिए ।
स्थानीय ओमबहादुर थापाले कच्चि बाटोका कारण वर्षौँदेखि समस्या भोग्दै आएको बताएयो । उनले कालोपत्रेको काम सकिएपछि सामान ढुवानी गर्न र यात्रा गर्न सुविधा हुने भन्दै निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेको बताए ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार