उज्वेकिस्तानले श्रीलङ्कालाई हरायो

उज्यालो प्रतिनिधि ८ जेष्ठ २०८०, सोमबार खेल

काठमाडौँ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उज्वेकिस्तानले श्रीलङ्कालाई पराजित गरेको  छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा उज्वेकिस्तानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । यस जितसँगै उज्वेकिस्तानले शीर्ष तीन अङ्क जोडेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको पहिलो खेलमा उज्वेकिस्तानले पहिलो सेट २७–२५, दोस्रो सेट २५–२० र तेस्रो तथा अन्तिम सेट २५–१४ ले आफ्नो पक्षमा पा-यो । आजदेखि सुरुआत भएको उक्त प्रतियोगिता विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ ।

प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेकामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।समूह ए मा नेपाल, भारत, बङ्गलादेश र कीर्गिस्तान छन् भने समूह बी मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार