तामाङ समाज युएईको अर्धवार्षिक प्रगतिविवरण सार्वजनिक !

उज्यालो प्रतिनिधि ७ जेष्ठ २०८०, आईतवार समाचार

युएई । वैदेशिक रोजगारको क्रममा युएईमा रहेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईले अर्धवार्षिक प्रगतिविवरण सार्वजनिक गरेको छ ।

सामाजिक गतिविधिमा ३,४०,९११ रुपैयाँ नगद सहयोग गरेको रिपोर्टिङ सार्वजनिक गर्दै उक्त संस्थाले विभिन्न कार्यक्रमहरुको कार्यतालिका समेत सार्वजनिक गरेका छन् ।

कुनै समय युएईको सक्रिय संस्थाहरु मध्येका तामाङ समाज युएईको नेतृत्व सनिल घिसिङले समालेपछि सामाजिक गतिविधि शुन्य भएको र कुनै पनि निर्णय आफ्नो स्वच्छचारी ढंगले लिएको भन्दै बहुमत केन्द्रीय सदस्यहरुले घिसिङलाई कारबाही गरेयताको प्रतिवेदन सार्वजनिक गरेका थिए ।

गता डिसेम्बर १८ तारिखमा संस्थापक तथा संरक्षक सदस्यहरुको नेतृत्वमा विशेष भेला तथा अधिवेशनबाट जितेन्द्र गोले तामाङले नेतृत्व लिएपछि उक्त संस्थाले निरन्तर सामाजिक गतिविधिलाई तिव्रता दिइरहेका छन् ।

सोनाम ल्होछारको अवसरमा ‘सेलो विशेष ल्होछार कार्यक्रम-२०२२ कार्यक्रम’ देखि स्वर्गीय बरिस्ठ कलाकार जयनन्द लामाको सालिक अनवरण तथा पार्क निर्माणमा आर्थिक सहयोग, बिरामी कलाकारहरुलाई आर्थिक सहयोगसम्मको कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार