उद्दार कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीद्धारा राप्ती नदीमा कृत्रिम घटना अभ्यास

शिवु खनाल ५ जेष्ठ २०८०, शुक्रबार समाचार

देउखुरी ।   बाढी तथा डुवानका बेला हुने खोज तथा उद्दार कार्यलाई प्रभावकारी बनाउन जिल्लास्तरीय कृत्रिम घटना अभ्यास गरिएको छ । दाङको राप्ती नदीमा (मध्यनगर घाट)मा कृत्रिम अभ्यास गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नं.२९ हेक्वा ज्वालामाई गण भालुवाङ् र सशस्त्र प्रहरी बल नेपाल नं.४१ रिजर्भ गण कपिलबस्तु (अर्जुनखोला)को संयुक्त आयोजनामा तालिम प्राप्त सशस्त्र प्रहरीले कृत्रिम घटना अभ्यास गरिएको हो । राप्ती नदीको तटीय क्षेत्र बाढीको डुबान र कटानको उच्च जोखिमा रहेको छ । जिल्ला तथा स्थानिय तहको विपद् पूर्वतयारी तथा प्रति कार्य योजनाको कार्यान्वयन, खोज तथा उद्दारमा प्रयोग हुने साधन स्रोत र जनशक्तिको व्यवस्थापन तथा विपद्का काम गर्ने सवै सरोकारवालासंगको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउन कार्यक्रमको आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.२९ हेक्वा ज्वालामाई गण भालुवाङ्का प्रमुख गोपाल श्रेष्ठले बताए।

उनले विपद् प्रतिकार्यका लागि यस्तो अभ्यास निकै प्रभावकारी हुने समेत बताउनुहुदैँ, वर्षायाम शुरु हुनै लाग्दा वर्षाका कारण हुन सक्ने विपद्का घटनामा कसरी उद्दार तथा व्यवस्थापन गर्ने भनेर शुक्रवार राप्ती नदमिा कृत्रिम अभ्यास गरिएको बताए । उनले भने,–। ‘कृत्रिम अभ्यासले उद्दार टोलीलाई विपद्को समयमा सहज व्यवस्थापन गर्न सहयोग गर्ने साथै अन्य सरोकारवाला र सर्वसाधारणलाई समेत बाढी, पहिरोबाट कसरी मानिसलाई जोगाउन सकिन्छ भन्ने जानकारी प्राप्त हुनेछ ।’

लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको प्रमुख अतिथिमा भएको कार्यक्रममा बाढीका वखत हुने घाइतेको खोज तथा उद्दार, वेपत्ताको खोजी, घाइतेको प्राथमिक तथा मेडीकल उपचार विधिलाई कृत्रिम अभ्यासमा देखाइएको थियो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं।४१ रिजर्भ गण कपिलबस्तु (अर्जुनखोला)का प्रमुख पुरन भट्टले राप्ती नदीमा आउने बाढी र त्यसले पु¥याउने क्षति न्यूनीकरणको तयारी अहिलेबाट सुरु गरेको बताए । उनले हामीले बाढीमा फसेकाहरूको खोज तथा उद्दार गर्ने जनशक्ति तयार पारेको बताए । विपद् व्यवस्थापन सम्बन्धि तालिम प्राप्त सशस्त्र प्रहरीद्धारा रवर बोट, मोटर बोट, गोताखोर लगायतको प्रयोग गरी गरिएको अभ्यास कार्यक्रममा लमही नगरपालिकाका जनप्रतिनिधि, लमही नगरपालिका विपद् शाखा प्रमुख गायत्री थापा र सशस्त्र प्रहरीको सहभागिता रहेको थियो । सशस्त्र प्रहरीले नमूना अभ्यासमा बाढी र पहिरोबाट घाइते भएकाको उद्दार पनि गरेको थियो ।No description available.No description available.No description available.

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार